नवनिर्वाचित सांसद रवि लामिछानले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद लामिछानेलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन्।

वैशाख १० मा भएको उपनिर्वाचनबाट लामिछाने प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। शपथ कार्यक्रमपछि पत्रकारले उनलाई प्रश्न सोधेका थिए।

उपनिर्वाचन भएसँगै धेरैको जिज्ञासा छ तपाईंहरू अब सरकारमा जानुहुन्छ या समर्थन फिर्ता लिनुहुन्छ? भन्ने प्रश्नको जवाफमा उनले भने,‘सरकारमा जाने विषयमा सोच्ने कुरा छैन। समर्थनमा के गर्ने भन्ने विषयमा भने छलफल गर्नुपर्ने हुन्छ। शपथ सकिएसँगै संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर गम्भीर समीक्षा गर्नेछौं।’

सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको हो? भन्ने प्रश्नमा उनले सरकारले आफ्नो एजेन्डा न्यूनतम कार्यक्रमबाट हटाएको भन्दै समर्थन फिर्ता लिने सम्भावना बढी देखिएको बताए।

‘त्यस्तो सम्भावना बढी देखिन्छ। कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने विषय थियो। सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी यो विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah