दमक । झापाको दमकमा डेंगु ज्वरोले प्रकोपको रुप लिन शुरु गरेको छ । दैनिक रुपमा १५ देखि २० जनासम्म नयाँ बिरामीहरु फेला पर्न थालेपछि दमकबासीहरु त्रसित र भयभित बन्न थालेकाछन् भने बिज्ञहरुले नआत्तिन आग्रह गर्दै आएकाछन् ।
आइतवारसम्ममा एक चिकित्सक र दूइ स्वास्थ्यकर्मी सहित ६० जनाभन्दा बढिमा डेंगु पोजेटिभ प्रमाणित भइसकेको छ । लाइफलाइन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. तीलकचन्द्र शाह र दमक स्थित एड्भान्स हेल्थ केयरका दूइ जना स्वास्थ्यकर्मीमा डेंगु फेला परेको हो । शाहलाई उपचारका लागि भारतको सिलगुढि लगिएको छ । यसैगरि नेकपा एमालेका दमक नगर सचिब इन्द्र गुरुङ धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत रहेकाछन् ।
महामारीको रुपमा फैलन शुरु गरेको डेगु ज्वरोको बिषयमा सञ्चारमाध्यमहरुमा समचार प्रकाशन तथा प्रशारण हुन थालेपछि अस्पतालहरुमा आएर जचाउने क्रम तिब्र बनेसंगै डेंगु ज्वरोमा बाट बिरामी पर्नेको संख्या पनि बढ्दै गएको हो । डेंगु ज्वरोको उपचार नभएको र बिस्तारै निको हदै जाने बताइएपनि स्वास्थ्यकर्मीदेखि लिएर सर्वसधारण समेत आंतकित बनेकाछन् । दमकमा साँझको समया चहलपहल समेत कम हुदै गएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय निशुल्क रुपमा डेंगु परिक्षणका लागि सरकारी दमक अस्पताललाई केन्द्र तोकेको छ । यहाँ नेपाल सरकारले तोकेको कीटमा डेंगु परिक्षण हुने गरेको छ । बिहिबार देखि नीजि अस्पतालहरुले समेत निशुल्क रुपमा डेंगु परिक्षण गर्ने बताएकाछन् । दमकमा सबैभन्दा बढि दमकको एडभान्स हेल्थ केयरमा डेंगुका बिरामी फेला परेको बताइएको छ ।
जिल्ला अस्पतालको रुपमा रहेको दमक अस्पतालका नगेन्द्र भट्टराईका अनुसार एडभान्स हेल्थ केयरमा आइतवार साँझसम्ममा एडभान्स हेल्थ केयरमा ३० जना, लाइफलाइन अस्पतालमा १५ जना, दमक अस्पतालमा १० जना डेंगुका बिरामी फेला परेका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah