प्रतिनिधिसभामा नेकपा एमालेको संसदीय दलका सचेतक महेश बर्तौलाले सरकारले बिजिनेस दिन नसकेकाले सदनको अधिवेशन प्रभावकारी हुन नसकेको बताएका छन् ।

संविधान र कानुनसँग जोडिएका संघीय निजामती, नागरिकता विधेयक, संघीय प्रहरी, शिक्षा विधेयक सरकारले ल्याउन नसकेको आरोप पनि उनले लगाए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको ध्यान राज्यकोषको दोहनमा भएको आरोप पनि उनले लगाए ।  बर्तौलाले भने, ‘सरकारको ध्यान कता छ ? कुनै पनि कुरामा जिम्मेवार छैन । देशको अर्थतन्त्र संकटपूर्ण भइरहेको बेला रोजगारीको योजना छैन ।

कार्यकर्ता पाल्नका लागि दुई–दुई लाख दिने भनिएको छ । बरु शिक्षा, रोजगारी र स्वास्थ्यमा सहयोग गरे हुन्छ । राज्यकोषको दोहन गर्ने निर्णय अविलम्ब खारेज गर्नुपर्छ । सरकार त्यसतर्फ अघि बढ्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

एमाले सांसद लक्ष्मी कोइरीबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्टन्ट गरेको आरोप पनि उनले लगाए । कोइरीले भने, ‘कोइरी कुन ठाउँमा हुनहुन्छ, थाहा छ भने प्रहरीलाई खबर किन नदिएको ? रवि लामिछानेलाई सरम छैन ?

एउटा जिम्मेवार सांसदले सधैंभरि स्टन्टबाजी गर्ने ? उहाँ गृहमन्त्री हुँदा किन समाउनुभएन ? अहिले पनि उहाँको पार्टी सत्तापक्षमै छ त ।

’एमाले कोइरीलाई बचाउन नलागेको पनि उनको दाबी छ । बर्तौलाले भने, ‘संसदको नियमावली बमोजिम १० पटकसम्म बैठक आउन नसक्दा सभामुखलाई सूचना गर्नुपर्छ । कोइरीले बिरामी भएको जनाउनुभएको छ ।

हामी विधिको शासनका पक्षमा छौं ।’ अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि कोइरी फरार रहेको सूचना सरकारले संसद् सचिवालयमा पत्र दर्ता गर्नेबित्तिकै सांसद पद निलम्बन हुने उनले औंल्याए । बर्तौलाले भने, ‘कि समाएका छौं भन्नुपर्यो कि फरार छन् भन्नुपर्यो ।

फौजदारी अभियोग लगाएको व्यक्तिलाई हामी बचाउने पक्षमा छैनौं । तर रीत अंग पुर्याउने काम हाम्रो होइन । निलम्बन गर्दा हाम्रा तर्फबाट भोलि विरोध भयो भने तपाईंले नै भन्नु होला ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah