राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले छोटे राजाहरु खोकी लाग्यो भन्दै करोडौं खर्च गरेर बिदेश जान लागेको प्रतिक्रिया दिएका छन्।

शनिबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल माईतीघर मण्डलामा पुगेका पूर्वअध्यक्ष लोहनीले छोटे राजाहरु खोकी लाग्यो भन्दै करोडौं खर्च गरेर बिदेश जान लागेको प्रतिक्रिया दिएका हुन्।

‘हाम्रो राज्यले नेपालमा नै उपचार हुनसक्ने थुप्रै मान्छेहरुलाई नेपालका छोटे राजाहरु भन्नुस् न, छोटे राजालाई करोडौँ करोड खर्च गरेर, विदेशमा उपचारका लागि पठाउन सक्ने, तर करोडौँ नेपालीको आर्थिक अवस्था माथि उठाउन आविष्कारमा लगानी बढाऔँ भनेर हिँडेको व्यक्ति र संस्थालाई वास्ता नगर्ने भनेको वैज्ञानिक समाजवाद यही हो? जनतासँग प्रतिबद्ध राज्य भनेको यही हो?,’ भन्दै लोहनीले प्रतिकिया दिएका छन्।

उनले अहिलेको राज्यसत्ता मुलतः केही सानो जमातको हीतको लागि मात्रै भएको उल्लेख गरे।

नेपाललाई माथि लैजान प्रविधिको विकास बिना सम्भव नभएको बताउँदै उनले भने, ‘खोकी लाग्यो भने बेलायत, अमेरिका र भारत जाने, करोडौँ खर्च गर्न जाने, नेपालीको स्तर उकास्त काम गर्न नदिने यही वैज्ञानिक समाजवाद यो सत्ताको लुछाचुँडी र धनवादीहरुको प्रवेश भएको छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah