ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताको लागि नयाँ फिचर ‘च्याट लक’ सार्वजनिक गरेको छ । यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफूले चाहेका च्याटबक्स लक गर्न अथवा हाइड गर्न सक्नेछन् ।

यदि तपाईँ आफ्नो कुनै एक च्याट अरुले नदेखोस् भन्ने चाहनुहुन्छ भने तपाईँले उक्त च्याटलाई लक गर्न सक्नुहुन्छ । उक्त लक भएको च्याटलाई तपाईँले पासवर्ड वा आफ्नो वायोमेट्रिक अनलक फिचर प्रयोग गरेर ओपन गर्न सक्नुहुन्छ ।

यसरी लक गरिएको च्याटको नोटिफिकेसन पनि आउँदैन भने यो छुट्टै फोल्डरमा गएर बस्छ । यसको लागि आफूले लक गर्न चाहेको च्याट ओपन गर्नुहोस् र स्क्रिनको सबैभन्दा माथि प्रोफाइलमा क्लिक गर्नुहोस् ।

यसपछि त्यहाँ उपलब्ध अप्सनहरूमा ‘च्याट लक’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईँको च्याट लक हुन्छ र लक्ड च्याट्स भन्ने फोल्डरमा गएर बस्छ ।

यसरी लक गरेको च्याट पछि हेर्नको लागि ह्वाट्सएप ओपन गर्ने वित्तिकै स्क्रिनलाई थोरै तल स्क्रोल गर्दा स्क्रिनको सबैभन्दा माथि ‘लक्ड च्याट्स’ भन्ने फोल्डर देखिन्छ । उक्त फोल्डरभित्र गएर आफूले लक गरेको च्याट ओपन गर्न सकिन्छ ।

प्रयोगकर्ताको गोपनियतालाई ध्यानमा राख्दै यो फिचर ल्याएको कम्पनीले जनाएको छ । ह्वाट्सएपको नयाँ अपडेटसँगै यो फिचर पनि सबै प्रयोगकर्तालाई उपलब्ध हुनेछ

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah