हिंड्नु स्वास्थ्यका लागि राम्रो हो भन्नेमा त कसैको दुईमत छैन । तर अहिले धेरैजसो व्यक्ति हिंड्न रुचाउँदैनन् । यसको कारणमा उनीहरु व्यस्ततालाई देखाउँछन् । तर यो मात्रै कारण भने होइन ।

अहिले अधिकांश कामकाजी व्यक्तिसँग आफ्नो सवारीसाधन हुन्छ, जसले उनीहरुलाई हिंड्ने जाँगर चल्दैन । आफ्नै सवारीसाधन नहुनेहरु पनि केही मिनेट हिंड्नुभन्दा सार्वजनिक सवारीसाधनमै यात्रा गर्न रुचाएको देखिन्छ ।

तर व्यस्त जीवनशैलीबाट केही समय निकालेर हिंड्ने बानी बसालेमा शरीरलाई फाइदाजनक हुन्छ ।

‘हिंड्दा मासंपेशी बलियो हुन्छ । फोक्सो, कार्डियो (मुटुको चाल), जोर्नी तथा शरीरका पूरै अंगलाई फाइदा पुग्छ । यो अरु व्यायामजस्तो कुनै खास अंगमा मात्र केन्द्रित नहुने भएकाले लाभदायक छ ।

पैदल हिंड्ने बानीले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मुटुरोग, मोटोपन नियन्त्रणका लागि पनि फाइदा गर्छ ।

कति समय हिंड्नेकुन बेला हिंड्ने ?

समय मिलाएर जतिबेला हिंडे पनि हुन्छ, तर बिहानको समयमा हिंड्नु अझ राम्रो हुन्छ ।

‘सामान्यतया स्वस्थ मानिसले दिनको ४५ मिनेट हिंड्नु उत्तम हुन्छ । अति व्यस्तता छ भने पनि दैनिक १५ मिनेट चाहिं हिंड्न आवश्यक छ । अझ एक घण्टामा चार किलोमिटर पार गर्नेगरी हिंडेमा यसले शरीरमा धेरै लाभ पुर्‍याउँछ ।

चारदेखि १० वर्षका बालबालिकालाई यति नै समय हिंड्नुपर्छ भन्ने छैन । १० देखि १५ वर्षसम्मका बालबालिकाले दैनिक ३० मिनेट, १६ देखि ३५ वर्षसम्मका दैनिक कम्तीमा ४५ मिनेट हिंड्नु उत्तम हुन्छ । वृद्धवृद्धाले सम्भव भएसम्म दैनिक आधा घण्टा हिंड्नु राम्रो हुन्छ ।

कसरी हिंड्ने ?

हिंड्नुको पनि तरिका हुन्छ । हिंडाइलाई व्यायाम रुपमा लिने हो भने पसिना आउनेगरी छिटोछिटो हिंड्नुपर्ने हुन्छ । ‘कुनै न कुनै बेला दैनिक हिंडेको छु, तर पनि केही प्रभाव भएन भन्ने गरेको पनि हामी सुन्छौं । तर साधारण हिंडाइलाई व्यायाम मानिंदैन ।

हिंड्दा दायाँ खुट्टा अगाडि सार्दा बायाँ हात पछाडि लैजानुपर्छ । बायाँ खुट्टा अगाडि सार्दा दायाँ हात पछाडि गर्नुपर्छ । यसरी खुट्टाको चालमा हातसँगै लैजानुपर्ने हुन्छ ।

बिरामी, वृद्धवृद्धा, हाडजोर्नीको समस्या भएकाहरुले बिस्तारै हिंड्नुपर्छ ।

कस्तो ठाउँमा हिंड्ने ?

‘हिंड्ने भनेर जहाँ पायो त्यही हिंड्नु हुँदैन । धुवाँधुलो प्रदूषणरहित हरियाली भएको सफा क्षेत्रमा हिंड्नु उपयुक्त हुन्छ, ‘मुटु, उच्च रक्तचाप, फोक्सोका रोगी चिसोयाममा बिहान नहिंडेर घाम लागेपछि वा चिसो कम भएपछि मात्र हिंड्नु उपयुक्त हुन्छ ।’

सम्भव नभए बरु घर वपिरि केहीबेर छिटोछिटो हिंड्नु राम्रो हुन्छ। हिंड्दा आरामदायक चप्पल वा जुत्ता लगाउनुपर्छ । बढी खुकुलो वा बढी टाइट कपडा वा जुत्ता लगाउनु हुँदैन ।

हिंड्नुका फाइदा

अहिलेको व्यस्त जीवनशैलीमा ढाड दुख्ने समस्या साझाजस्तै बनेको छ । एउटै पोजिसनमा लामो समय बसेर काम गर्दा ढाड दुखाइसँगै अन्य विभिन्न समस्या देखा पर्छन् । मांसपेशी तन्किने, कमजोर हुने, खिइने समस्या धेरै देखिन्छ ।

‘त्यसैले टेबलमा बसेर काम गर्नेहरुको लागि हिंडाइ एकदमै लाभदायक र सरल व्यायाम हो,’ ‘कामको व्यस्तताले जिम वा अरु व्यायाम गर्न समय छुट्याउन मुस्किल होला । तर नजिकै कतै जाने बेला हिंड्न त सकिन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah