दाङ – दाङमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका ४ फालाबाङ घर भइ अहिले दाङको तुलसीपुर ९ बेलुवामा कोठा भाडामा बस्दै आएका अन्दाजी २५ वर्षीय सुशील भण्डारी र उनकी २१ वर्षीया श्रीमती पवित्रा डाँगी भण्डारी रहेका छन् ।

उनीहरू कोठाभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनु भएको छ।

आज बिहान १० बजेको समयमा ढोका बन्द गरेको अवस्थामा कोठाभित्रै दुवैजना मृत फेला परेका हुन् । श्रीमान पङ्खामा झुन्डिएको अवस्थामा र श्रीमती खाटमा मृत फेला परेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

सुशीलले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार पवित्राको शरीरमा चोट देखिए पनि धारिलो हतियार भने प्रयोग नभएको पाइएको छ । मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah