झापामा चकलेटको डब्बामा लुकाएर लागू औषध ब्राउन सुगर ल्याउने दुई जना पक्राउ परेका छन् । झापा गाउँपालिका–१ बिलाईतीबारीस्थित क्षेत्रमा शुक्रबार अपराह्न करिब अढाई बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको संयुक्त गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ९ प ३९१७ नम्बरको स्कुटरलाई शंका लागी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा स्कुटरको पछाडिको डिकीभित्र चकलेटको डब्बामा प्याक गरी प्लास्टिकले बेरी लुकाइछिपाई ल्याएको करिब ४ ग्राम ११० मिलिग्राम ब्राउन फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले स्कुटर चालक कनकाई नगरपालिका–४ निवासी २८ वर्षीय साजन माझी र ३३ वर्षीय विक्रम चौधरीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah