दमक, १२ कार्तिक–‘न्यानो स्पर्श’ सधै सवैको लागि नामक एक संस्थाले छिमेकी मित्र राष्ट्रवाट राष्ट्र प्रमुखहरु नेपाल भ्रमणको निम्ति आउँदा घोषणा गरेको सार्वजनिक बिदालाई फिर्ता लिनुपर्ने माग गरेको छ ।
सार्वजनिक बिदाले मुलुकको अर्थतन्त्रमा ठुलो प्रभाव पुर्र्याउने भएको भन्दै सरकारले गरेको निर्णय फिर्ता लिनु पर्ने माग गरेको हो ।
नेपाल सरकारको निर्णय बिरुद्द शान्तिपुर्ण बिरोध गर्दै भोली शनिबार काठमाण्डौ, पोखरा, वनेपा, दमकलगायत अन्य विभिन्न सहरहरुमा विशाल र्याली निकाल्ने भएका छन् ।
सो कार्यक्रमको निम्ति आ–आफ्नो समुहको टिसर्ट र व्यानर सहित भोलि सनिबार ११ बजे सिँहदरबार तथा काठमाडौबाहिर धनगडि, पर्वत कुश्मा र दमकमा उपस्थिति हुन अनुरोध गरेको छ । बिरोध शान्तिपुर्ण तवरमा सम्पन्न गरिने दमकस्थित संस्थाका मेम्बर भिष्म अधिकारीले जानकारी दिए ।
सरकारले कुनै एक देशको राष्ट्र प्रमुख आउँदा सार्बजनिक बिदा घोषणा गर्नुको उदेश्य के हो भन्ने संस्थाले प्रश्नको जवाफ मागसमेत गरेको छ । लामोसमय द्वन्दकाल, नाकाबन्दि र भुकम्पमा भएको क्षतिले मुलुक अक्रान्त भएको भन्दै सार्वजनिक बिदा गर्न नहुने भन्दै सरकारको ध्याकर्षण गरेको छ ।



