काठमाडौं : मनकामना केबलकार तिहारमा दुई दिन बन्द हुने भएको छ।

नेपालीहरुको दोस्रो ठूलो चाड शुभ दिपावलीलाई मध्यनजर गर्दै कात्तिक १५ र १६ गते केबलकार सेवा बन्द गरिने भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए।

१७ गतेबाट भने केबलकार पुन: नियमित सञ्चालनमा आउनेछ। कात्तिक महिना देवीको पूजा गर्न उत्तम मानिने भएकाले दैनिक हजारौं दर्शनार्थी मनकामना जाने गर्छन्।

यस्तै चन्द्रागिरि केबलकार भने भाइटीकाको एक दिन मात्रै बन्द हुने भएको छ। चन्द्रागिरि हिल्स लिमिटेडले साउन २४ गते सञ्चालनमा ल्याएको केबलकार दसैंमा पनि टीकाको दिन मात्रै बन्द भएको थियो।

कम्पनीका अनुसार अन्य बिदाका दिनमा केबलकार बिहान ७ बजेदेखि साँझ साढे ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah