काठमाडौँ, १४ कात्तिक । सिस्नुपानी नेपालका कलाकारले ‘सिस्नुपानी देउसी’मार्फत सामाजिक विकृतिविरुद्ध प्रहार गरेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रम हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी ओली, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायत धेरै पार्टीका नेताको उपस्थिति थियो । त्यस्तै, राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताव्दी पुरुष सत्यमोहन जोशी, प्रधान सेनापति राजेन्द्र क्षत्री, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती जस्ता सबै पेसा र क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

कार्यक्रमको मुख्य आकर्षण हास्य कलाकारद्वय मनोज गजुरेल र सीताराम कट्टेल (धुर्मुस)को प्रस्तुति थियो । उनीहरुमध्ये गजुरेलले प्रधानमन्त्री दाहालको तथा कट्टेलले पूर्वप्रधानमन्त्री ओलीको स्वरुप धारण गरेका थिए । उनीहरुले एक–अर्काबीचको छेडछाड र आरोप प्रत्यारोपले सक्कली दाहाल र ओलीलाई भरपूर मनोरञ्जन दिन सकेको प्रतीत हुन्थ्यो ।

सिस्नुपानीसँगको सहकार्यमा प्रज्ञा–प्रतिस्ठानले आयोजना गरेको कार्यक्रममा व्यङ्य कवि शैलेन्द्र सिंखडाले राष्ट्रिय स्वाभिमानको पक्षमा, गायक शिशिर योगीले भ्रष्टाचारविरुद्ध तथा कमलीकान्त भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीबारे व्यङ्ग्य प्रहार गरेका थिए ।

त्यस्तै, कार्यक्रममा सिस्नुपानी नेपालका महासचिव टङ्कप्रसाद आचार्य, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षिलगायतले देउसी रे को भाकामा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले देउसी विचारोत्तेजक र रोचक भएको बताउँदै अर्को वर्षको देउसीसम्ममा संविधान कार्यान्वयन भइसक्ने र त्यतिबेला अरु नै विषयले प्राथमिकता पाउने आशा व्यक्त गरे । उनले भने, ‘संविधानको कार्यान्वयनमा अझै चुनौती छन् तर हामी नेपाली हिजो संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि सफल हुन्छौं ।’

त्यस्तै, पूर्वप्रधानमन्त्री ओलीले संस्कृतिलाई कायम राख्न र समाजलाई सही दिशा दिन यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।
त्यसैगरी वरिष्ठ नेता पौडेलले भने सिस्नुपानीले आफू कार्यकारी प्रमुख नभएको प्रति सङ्केत गर्दै, ‘मलाई सिस्नुपानीले पोल्ने गरेको छैन’ भने ।
सिस्नुपानी नेपालले विगत १९ वर्षदेखि हरेक वर्ष देउसी कार्यक्रम गर्दे आएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah