कात्तिक, १४ कात्तिक । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले अनुचित ढंगले प्रधानमन्त्री बन्ने षडयन्त्र गरेकोले महाअभियोग लगाउनुपरेको बताएका छन् ।
कार्कीले आफ्नो अधिकारक्षेत्र नाघेर राज्यको शक्ति नै हातमा लिने र खिलराज रेग्मी जस्तै प्रकृतिको प्रधानमन्त्री बन्ने षडयन्त्र शुरु गरेको मन्त्री शर्माको आरोप थियो । नेकपा माओवादी केन्द्र रुकुमले तिहारको सन्दर्भमा सिम्लीमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले महाअभियोग प्रस्ताव पारित भएरै छाड्ने ठोकुवा समेत गरे ।

आफूहरुको अग्रसरतामा अघि सारिएको कार्की विरुद्धको महाअभियोग प्रस्तावप्रति काँग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक रहेको उनको भनाइ छ । अख्तियार प्रमुख कार्कीले राज्यलाई नै आतंकको भुमरीमा राखेर शक्ति हत्याउने खेल खेलेकोले उनलाई महाअभियोगबाट हटाई आवश्यक सजाय दिलाउने तयारी गरिएको मन्त्री शर्माले बताए ।
नेपालको पानी, जनताको लगानी
उर्जामन्त्री शर्माले जलविद्युत नेपालको विकासको लागि अक्सिजन भएकोले यसको विकास विना देशको उन्नती नहुने तर्क गरे । ‘समृद्ध नेपाल निर्माणको लागि विद्युतले अक्सिजनको काम गर्छ,’ मन्त्री शर्माले भने, ‘विकासको लागि अक्सिजन उत्पादन गर्ने काममा मैले भएभरको शक्ति परिचालन गर्नेछु ।’ उर्जा मन्त्रालयको कार्यक्रम नेपालको पानी जनताको लगानी देश विकासको चाहिने अक्सिजन उत्पादन गर्ने फर्मुला भएको उनको भनाइ छ ।
एक रुपैंया शेयर हाल्नोस् , पाँच बर्षमा दश रुपैंया हुन्छ
मन्त्री शर्माले स्थानीय जनतालाई जलविद्युत क्षेत्रमा शेयर लगानी गर्न आव्हान गरे । उनले नलसिंहगाड जलविद्युत आयोजनामा एक रुपैंया शेयर हाले त्यो शेयर पाँच वर्षमा दश रुपैंया हुने बताए । नलसिंहगाडमा जनताको शेयर लगानी गर्नको लागि आवश्यक कार्यविधि तयार गरी फाराम पठाउन लागिएको मन्त्री शर्माले जानकारी दिए । ‘त्यो फाराम आँउछ तपाईहरुले के कति रकम लगानी गर्नसक्नुहुन्छ फाराममा भर्नुहोला,’ मन्त्री शर्माले भने, ‘त्यस्तो योजनाबाट तपाईहरु सवैलाई धनी बनाउने मेरो योजना छ । ‘

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah