एजेन्सी । अर्ग्यानिक कृषि प्रणाली अर्थात जैविक खेती आज कयौँ देशमा प्रचलनमा छ । कयौँ देशका किसान आज दीर्घकालिन खेती, अर्थात लामो समयसम्म चल्ने खेतीबारे धेरै प्रयोग गरिरहेका छन् । हालै मात्र अमेरिकामा एक यस्तै अनौठो प्रयोग गरिएको छ । कयौँ अर्ग्यानिक डेरी किसान यस प्रयोगमार्फत गार्इको शरीरमा एक ठुलो प्वाल बनाइरहेका छन् ।

तपार्इँले सायद यस किसिमको गार्इलार्इ टीभी र इन्टरनेटमा देख्नुभयो होला । तर, के तपार्इँलार्इ थाहा यसरी गार्इको शरीरमा प्वाल पार्नुको कारण

देख्दा धेरै अनौठो लाग्ने यो प्वाल खासमा गार्इको आयु बढाउनमा सफल भएको छ। वैज्ञानिकका लागि गार्इको भित्री भागको जाँच गर्न धेरै कठिन हुने गरेको छ । यस्तोमा गार्इको शरीरमा एक प्वाल बनाइने गरेको छ। यो प्वालबाट एउटा यन्त्र जोडिन्छ । यस प्वाललार्इ प्लास्टिकको रिङ्गले बन्द गरिएको हुन्छ । यस सर्जरीको एक महिनाभित्र गार्इ पुरै सहज अवस्थामा फर्किन्छ ।

गार्इको पेटमा यस प्वाल बनाउनुको उद्धेश्य प्रष्ट छ। यसबाट वैज्ञानिकहरू गार्इको पाचन प्रक्रियाबारेमा पत्ता लगाउन सक्नेछन् । गार्इ कुन् खाना सबैभन्दा मजाले पचाउन सक्छ रु र कुन् खानाबाट उसलार्इ अफ्ठेरो हुन्छ भन्ने कुरा यसले पत्ता लगाउन सहज हुन्छ । यसबाट गार्इको पेटमा रहने ब्याक्टेरियाबारेमा पनि सजिलै पत्ता लगाउन सकिन्छ । यो फिस्टुला गार्इको शरीरको जुन भागमा राखिन्छ, त्यसलार्इ रूमेन भनिन्छ ।

गार्इलार्इ खाना खुवाएपछि वैज्ञानिकहरू यस प्वालबाट शरीरमा खाना कुन् स्तरमा पचिरहेको छ भन्ने अनुसन्धान गर्छन् । खास कुरा भनेको यस प्वालले गार्इलार्इ कुनै हानी गर्दैन, उल्टै यो गार्इका लागि धेरै फाइदाजनक छ । यस प्रक्रियाबाट गार्इको आयु पनि बढ्छ । बिमारी भएको स्थितिमा गार्इलार्इ औषधि पनि पेटको यही बाटोबाट दिन सकिन्छ । गार्इको पेटमा राखिएको माइक्रोब्सको परीक्षणपछि यसलार्इ अन्य जनावारमा पनि लगाइने बताइएको छ ।

तर यस प्रक्रियालार्इ लिएर कयौँ मानिसले आलोचना पनि गरेका छन् । गार्इको शरीरको एउटा भाग निकालेर उसको पेटको संवेदनशील भागलार्इ देखाउने यो प्रक्रिया पछिल्लो समयदेखि चलिरहेको छ ।

कयौँ मानिसले भने यस यस सर्जरीबाट गार्इलार्इ कुनै नोक्सान नपुग्ने बताइरहेका छन् । केहीले भने करिब ६ हप्तासम्म गार्इको अवस्था असहज हुने तर्क गरिरहेका छन् ।

यस प्रक्रियाको आलोचक यसलार्इ  केबल मासु र डेरी कम्पनीको फाइदाको रूपमा देख्छन् । यसका बाबजुत यो प्रक्रिया पछिल्लो केही सयमदेखि दीगो खेतीको एक तरिका पनि मानिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah