सुन्दर देखिन चाहने सबै युवतीको सपना हुन्छ । यसका लागि उनी जे गर्न पनि तयार हुन्छिन् । तर एकजना युवतीलाई सुन्दरता नै समस्याको कारण बनेको छ । हामी यहाँ रुसकी २६ वर्षीया युवती एन्जेलिका कीनोभाको कुरा गर्दैछौं ।
एन्जेलिका कुनै पुतली वा गुडिया जस्ती देखिन्छिन् । उनका मातापिताले उनलाई गुडिया झैं हुर्काबढाइ गरेका छन् ।
एन्जेलिकाको सौन्दर्यको सबभन्दा राम्रो पक्ष भनेको यसका लागि उनले कुनै सर्जरी गराएकी होइनन् । प्राकृतिक तरिका र व्यायामले नै उनले यस्तो फिगर बनाएकी हुन् ।
उनका अनुसार मातापिताले राजकुमारी झैं उनलाई हुर्काएका हुन् । उनीहरूले उनलाई बाहिर कतै जान दिएनन् अनि केटाहरूसँग डेटिङ गर्न पनि दिएनन् ।
उनी भन्छिन्, ‘मैले कुनै केटासँग पनि सम्बन्ध बनाउन पाइनँ । म वास्तविक जिन्दगीमा फिट हुन्नँ, एउटा जीवित गुडिया हुँ म ।’
सानैदेखि बार्बी डलको जस्तो लुगा उनले लगाउँदै आएकी छन् ।
एजेन्सी



