काठमाडौं । राजधानीको सोल्टी क्राउन प्लाजामा असोज १ गते फेशन नोभा नामक फेशन शो आयोजना हुने भएको छ ।
द क्रियशनको प्रस्तुति तथा राइजिङ नेपाल प्रा. लि. को सहकार्य तथा व्यवस्थापनमा कार्यक्रम हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।
शो मा द क्रियशन स्कुल अफ फेशन डिजाइनका ३० जना विद्यार्थीले तयार पारेको डिजाइन विभिन्न १६ जना मोडलहरुले र्याम्पमा प्रस्तुत गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार, ८० भन्दा बढी डिजाइनका पहिरनको प्रदर्शन हुनेछ ।
शो मा ९ वटा फेशन सिक्वेन्स रहने र त्यसमा सिक्वेन्स स्टपरका रुपमा नेपाली फिल्मका ख्यातिप्राप्त कलाकारहरुले र्याम्पमा प्रस्तुति दिने पनि कार्यक्रम छ ।
कार्यक्रममा सञ्चार र खेलकुद क्षेत्रका चर्चित व्यक्तिहरुको पनि उपस्थिति रहने जनाइएको छ । नेपाली फेशन क्षेत्रलाई राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको व्यवस्थापक राइजिङ नेपाल प्रा. लि. ले जनाएको छ ।



