फ्रान्सको राजधानी पेरिसमा एक पार्कमा लुगा खोलेर आराम गर्ने व्यक्तिका लागि अलग्गै व्यवस्था गरिएको छ । पार्कमा फुटबल पिच जत्रै हिस्सा नाङ्गै आराम गर्न चाहने व्यक्तिका लागि १५ अक्टुबरसम्म परीक्षणका लागि खोलिने छ ।

अधिकारीहरुको भनाइ छ कि उक्त क्षेत्रमा कुनै पनि प्रकारको अभद्र व्यवहार गर्न पाइने छैन । पार्कमा गरिनुपर्ने राम्रा व्यवहारको सूची पार्कमै लेखिएको हुने छ ।

पार्कका प्रभारी तथा डेप्युटी मेयर पेनेलोप कोमाइट्सले भने, ‘पेरिसका सार्वजनिक स्थलको उपयोग हाम्रो खुला बिचारवाला सोचको हिस्सा हो ।’

साइन बोर्डको माध्यमबाट मानिसहरुलाई पार्कको उक्त क्षेत्रबारे जानकारी दिइनेछ जो न्यूड (नाङ्गा) व्यक्तिका लागि हुनेछ । यो हिस्सा विहान विहान ८ बजेदेखि साँझ ७ः३० बजेसम्म खुला रहनेछ ।

धेरै मानिसले यस्तो पार्कको स्वागत गरेका छन् । उनीहरुको भनाइ छ कि पेरिसमा कैयौं समुद्री तट र क्याम्प छन्, जहाँ मानिस न्यूड भएर जान्छन् । न्यूड पार्कले प्राकृति चाहनालाई आकर्षित गर्ने उनीहरुको दावी छ ।

पेरिसमै एक यस्तो सार्वजनिक स्विमिङ पूल पनि छ, जहाँ मानिसहरु एक हप्तामा तीन दिन नाङ्गै पौडिन पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah