विराटनगरःनेकपा माओवादीको विप्लव समूहले आह्वान गरेको आमहड्तालको प्रभाव विराटनगरमा नगण्य परेको छ । बजार खुलेको छ ।

यातायातका हलुवा सवारी साधन र मोटरसाइकल चलेका छन् । सिटी रिक्साले पनि सेवा दिई रहेका छन् । आमहड्ताल सफल बनाउने भन्दै विराटनगर बजार बन्द गराउँदै हिड्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार विराटनगरबाट ११  जना पक्राउ परेका छन् । शनिबार साँझ राँके जुलुस निकाल्न खोज्ने दुई जना पक्राउ परेका थिए । पार्टीका विराटनगर इन्चार्ज गणेश निरौला लगायत १३ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई विराटनगरको विभिनन स्थानबाट पक्राउ गरी प्रहरी नियन्त्रणमा राखिएको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी संजयसिंह थापाले बताए । उनले भने,‘राँके जुलुस निकाल्न खोज्नेलाई पनि नियन्त्रणमा लिएका छौं ।’

लाई पक्राउ गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको डीएसपी थापाले जानकारी दिनु भएको छ । महङ्गी, भ्रष्टाचार नियन्त्रण तथा खाद्य अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै विप्लप नेतृत्वको नेकपा माओवादीले देशव्यापी रुपमा बन्दको आब्हान गरेको हो ।

कोशी खबर बाट सभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah