उर्लाबारी (मोरङ) । यहाँ बन्द गराउँदै हिँड्ने नेकपा(माओवादीका ११ जना पक्राउ परेका छन् । बजार, पसल तथा सवारी साधन बन्द गर्दै हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तिनलाई बन्द गर्दै हिँडिरहेको अवस्थामा आज बिहान र दुई जनालाई राँके जुलुस निकाल्ने तयारी गरिरहेको अवस्थामा शनिबार साँझ पक्राउ गरिएको हो ।



