काठमाडौं । धनी बन्ने सबैको चाहना हुन्छ । तर, यसको लागि धेरै मेहेनतको आवश्यक्ता पर्छ । मेहेनत सँगै यस्ता केहि कुरा छन् जसले मानिसलाई सफल बनाउँछन् ।हामीले बिल ग्रेट, मार्क जुकरवर्ग लगायतका मानिसको व्यवसायीक सफलताका कुरा सुनेका छौं । उनीहरुको सफलताको सुत्र के हुन सक्छ भन्ने कुरामा हामी सोचि रहेका हुन्छौं ।
बिजनेश र रियलटाईम फाइनान्सीयल मार्केटबारे जानकारी दिने बिजनेश स्टाटिजीस्ट ब्लगर डैन वाल्डस्चिमिदले सफलताको सुत्रहरु पत्ता लगाएका छन् ।उनको रिपोर्टको अनुसार ९ सुत्र जसले मध्यम स्तरको क्षमता भएको मानिसलाई सफल बनाउने छ ।
१. हरेक व्यवसायिक जानकारीसँग अपडेट रहनुहोस् । नयाँ बिचार, आइडिया र लक्ष्यमा सधै फोकस गर्नुहोस् । साथै तपाईको प्राथमिकता कुन कुरामा हो त्यसमा ध्यान दिनुहोस् ।
२. कुनैपनि कार्यक्रम याद गर्न आइटिको भरपुर प्रयोग गर्नुहोस् । आफुलाई नबिनतम प्रबिधीसँग जोड्नुहोस्, जसलेगर्दा तपाईका कुनैपनि मुख्य कार्यक्रमहरु नछुटुन् ।
३.लक्ष्यको लिस्ट धेरै नराख्नुस् । धेरै वटा लक्ष्य बनाउँदा कुनैपनि सफल नहुन सक्छ ।
४. आफ्नो आवस्यकताका बस्तु वा जनशक्ती भाडामा लिनुहोस् । एकै पटक धेरै मानिस वा सामान राख्नाले त्यसको उचित प्रयोग नहुन सक्छ ।

५. टेलिभिजन कम हेनुहोस् । टेलिभिजन हेर्ने बानीले मानिसलाई अल्छी बनाउँछ र टिभिमा तपाईको लत लाग्न सक्छ ।६. आफ्नो लक्ष्य सदैब प्रष्ट राख्नुहोस् । आफु के गर्दैछु, लक्ष्यबाट कति टाढा वा नजिक छु सदैब ख्यालगर्नु होस् ।
७. आवश्यकता अनुसार निन्द्रा पुरा गर्नुहोस् । यदि निन्द्रा पुगेन भने तपाइको काममा ध्यान नपुग्न सक्छ ।
८. दोस्रो व्यक्तीको बारेमा आवस्यकताभन्दा बढी ध्यान नदिनुहोस् । आफ्नो लक्ष्यमा फोकस हुनुहोस्
९. कुनै गल्ति भए माफि माग्न नबिर्सनुहोस् जसले तपाईसँग कामगर्नेहरुले सहज महशुस गर्छन् ।
एजेन्सीको सहयोगमा
धनी बनाउने एउटै शब्द
धनी हुने अर्थात् पैसा कमाउने तरिका के हुन सक्छ? कुनै बन्दव्यापार वा लगानीले वा कडा मिहिनेतले अथवा तपाईंले कुनै चिठ्ठा पार्नु भयो भने धनी बन्न सक्नुहुन्छ। सामान्य जीवनमा भने कुन शब्दलाई विशेष गरी ध्यान दियो भने तपाईंले पैसा कमाउन सक्नुहुन्छ? यसबारेमा विभिन्न किसिमका धारणाहरु प्रचलित छन्।
मानौँ मैले तपाईंलाई सोधेँ– तपाईंलाई धनी बनाउने एउटा शब्द भन्नुस्। त्यो बेला तपाईंको जवाफ के हुन्छ होला? एक्कै छिन सोच्नुस् त? छक्क नपर्नुस्, प्रश्नोत्तरसम्बन्धी एउटा वेबसाइट क्योरा प्रयोग गर्नेहरुलाई यही चामत्कारी शब्दका बारेमा सोधिँदा, निकै रोचक उत्तर पाइयो।
मिरा जास्लोभले लेखिन्, ‘धनी हुने व्यक्ति सधैँ प्रेरक र विश्वसनीय हुन्छन्। उनीहरूले ‘किनभने’ भन्ने कुरामा जोड दिन्छन्। उनीहरुले यही शब्द प्रयोग गरेर अरुलाई प्रभावमा पार्छन्।’ धनी हुनका लागि त्यस व्यक्तिले आफ्ना कुराप्रति सचेत हुनुपर्छ, आफूले गरेका दाबी र कुरा विश्वसनीय बनाउनै पर्छ र आफू विशेष भएको आभाष दिलाउन सक्नुपर्छ। मानिस जे गर्छन्, त्यसका लागि उपयुक्त कारण हुनै पर्छ। त्यसैले धनी हुनेले ‘किनभने’ शब्द प्रयोग गर्दै अरुलाई विश्वासमा लिन्छन् र आफूलाई पनि त्यस कुरामा विश्वस्त पार्छन्।
पेसाले वकिल ब्रेट ए. केनकुसका अनुसार धनी बनाउने एउटै शब्द ‘ब्यालेन्स’ हो। यो दुईधारे शब्द हो। एउटा ‘ब्यालेन्स’ले नेपालीमा सन्तुलन भन्ने अर्थ दिन्छ भने अर्को ‘ब्यालेन्स’ले आम्दानी–खर्चको वासलात बुझाउँछ। जसले जीवनमा सन्तुलन मिलाउँछ र उसको आम्दानीखर्चको अवस्था सन्तुलित हुन्छ, ऊ नै धनी बन्छ। ‘हुन त निरन्तर कुनै काममा लागिपर्ने मानिस धनी पनि हुन सक्छ तर उसले परिवारलाई ध्यान दिन सकेन भने ऊ सुखी हुन सक्तैन,’ ब्रेट भन्छन्। धनी हुनका लागि सन्तुलित दृष्टिकोण, योजना र प्रवृत्तिजस्ता कुराले भूमिका खेल्ने उनको धारणा छ।
अर्का एक व्यक्ति, जो आफैँमा मल्टिपल स्केलेरोसिसका रोगी छन्, पेसाले अधिवक्ता बिल स्टेनको धारणामा धनी हुन एक्लो जीवन बाँच्नु पर्छ। ‘बिहे नगर्नुस्, बच्चा नजन्माउनुस्, तपाईं धनी भइहाल्नु हुन्छ तर यस्तो सम्पन्नताले जीवनको गुणस्तरलाई सुनिश्चित गर्दैन,’ बिलको भनाइ छ।
उद्यमी डकोटा लिम भने ‘भरोसायुक्त’ भन्ने शब्दले मानिसलाई धनी बनाउन सक्छ। उनी भन्छिन्, ‘जो मानिस भरोसालायक हुन्छ, उनीहरुको हातमा पैसाको कमी कहिल्यै हुँदैन।’ त्यस्ता मानिसले बढी नै अवसर पाउँछन्। उनी भन्छिन्, ‘भरोसालायक मानिसलाई नै अरुले घरमा बोलाउने गर्छन् र यसबाट एउटा सामाजिक सञ्जाल बन्छ। यही सञ्जालले कारोबार बढाउँछ।’ भरोसायुक्त चरित्र भएका मानिसप्रति अरुले सहज र सुरक्षित महसुस गर्ने गर्छन्।
यस्तै लालनपालनसम्बन्धी सल्लाहकार फ्रेड क्याम्पोसको धारणामा भने ‘निरन्तरता’मार्फत् तपाईं धनी बन्न सक्नु हुन्छ। उनको धारणा छ, ‘जो जति धनी मानिस मैले चिनेको छु, उनीहरुमा एउटा विशेष गुण हुन्छ। त्यो विशेष गुण भनेको अरुभन्दा राम्रो तरिकाले काम गर्नु। उनीहरुले आफ्नो ध्यान जे कुरामा केन्द्रित गर्छन्, त्यसैमा उनीहरु लागिरहन्छन्। त्यसैमा टिकाउपन उनीहरुले खोज्छन्।’
क्याम्पोस भन्छन्, ‘कोही व्यक्तिले कुनै खास पेसामा विशेषज्ञता हासिल गर्यो र त्यसैमा लगातार उम्दा काम गरिरह्यो भने ऊ धनी बन्न सक्छ।’
ओहो! धनी बन्ने बाटा र शब्दहरु त धेरै रहेछन्! मुख्य कुरा त आफू सुहाउँदिलो बाटो खोज्नु नै हो।
बिबिसी



