हेटौंडा, ३ मंसिर । जिल्ला प्रशासनले संविधान जारी भएयता १० वटा अंगीकृत नागरिकता वितरण भएको जनाएको छ ।
आजको कान्तिपुरमा खबर छ– २०७२ असोज ३ यता १० जनालाई वैवाहिक अंगीकृत नागरिकता वितरण गरेको प्रशासकीय अधिकृत विष्णुकमार महतले बताए ।
अंगीकृत पाउने अधिकांश भारतीय मूलका छन् । अंगीकृत नागरिकता नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरेपछि प्रक्रियाअनुसार पाउने गर्छन् ।



