चाहे पश्चिमा समाज होस् वा पूर्वीय, यौन सबैका लागि चासोको विषय हो । यौनकर्मलाई हाम्रो समाजले आवरणमा घृणित कार्यका रूपमा व्याख्या गरे पनि पर्दापछाडि सक्रियतापूर्वक उपभोग गर्दै आएको पाइन्छ । हामीकहाँ धर्मको नाममा शिवलिङ्ग र योनिको पूजा श्रद्धापूर्वक गरिन्छ । मन्दिरमा देखिने टुँडालहरूमा कुँदिएका यौन आकृतिहरूले एकातिर समाजमा खुला रूपमा यौनको आराधना भैरहेको देखाउँछ भने अर्कातिर यौनको विरोध गरेर यही समाजले पाखण्डी प्रवृत्ति पनि देखाइरहेको छ ।

यौन संसारभरि नै सर्वाधिक विवादास्पद विषय हो । कैयन् विद्वान्ले यो विषयमा विचार दिइसके तर अन्तिम निचोड कसैले निकाल्न सकेको छैन । यौन दुष्कर्म हो वा सुकर्म ? वरदान हो वा अभिशाप ? यौन किन्न हुन्छ कि हुँदैन ? यौनसम्बन्ध राख्न प्रेमी वा वैधानिक जोडी नै चाहिन्छ कि पुरुष वा स्त्रीको मन मिले पुग्छ ? बृद्घबृद्धामा यौनचाहना हुनु जायज हो कि होइन ?

आखिर यौनलाई समाजमा किन यति जटिल विषय बनाइँदै आएको छ ? सार्वजनिक स्थलमा हुने यौनजन्य क्रियाकलापलाई समाज वा कानुनले बन्देज लगाउँदै आएकै छ, तर के उमेर पुगेका युवायुवतीले आपसी सहमतिमा बन्द कोठाभित्र पनि यौनसम्वन्ध राख्न पाउँदैनन् ? किन प्रहरी प्रशासन नै लागेर बन्द कोठाभित्र बसेका श्रीमान्–श्रीमती, प्रेमी–प्रेमिका वा अन्य जोडीलाई आपराधिक काम भन्दै पक्राउ गरिन्छ ? के यौनसम्बन्ध राख्नु अपराध हो ? के वेश्यावृति गर्नु र यौनसम्बन्ध राख्नु एउटै कुरा हो ? के प्रहरीलाई होटलहरूमा गएर जोकसैलाई पक्राउ गर्ने अधिकार छ ? के अब होटलमा समय बिताउन मन लाग्यो भने विवाहको प्रमाणपत्र नै बोकेर हिंड्नुपर्ने हो ? बेलाबखत सार्वजनिक हुने समाचारअनुसार कैयन् विवाहित जोडीसमेत अनाहकमा समातिएका छन् र सामाजिक, मानसिक र मनोवैज्ञानिक हिंसाको सिकार भएका छन् । यो कानुनको उपयोग हो, दुरुपयोग हो वा शक्तिको तुजुक ?

जैविक विज्ञानअनुसार किशोरावस्थाको विकाससँगै हरेक मानिस यौनका लागि योग्य हुँदै जान्छ र किशोरावस्थाको अन्त्यसँगै ऊ शारीरिक रूपले यौनसम्बन्ध राख्न परिपक्व हुन्छ । स्वस्थ मानिस र प्राणीमा यौनचाहना हुनु स्वाभाविक र प्राकृतिक कुरा हो । यौनलाई दबाएर राख्दा त्यसले मनोवैज्ञानिक असर पार्ने र कालान्तरमा यौन अपराधसम्म पुग्न सक्ने अनुसन्धानहरूले देखाएको छ । कतै समाजमा बढ्दै गएको बलात्कारजन्य अपराधमा यौनकुण्ठाको भूमिका त छैन ?

हाम्रो समाजमा यौनलाई जहिले पनि विवाहसँग जोडेर हेरिन्छ । के साँच्चै यौनसम्बन्ध विवाहपछि मात्र राख्न हुने कुरा हो त ? यौनलाई विवाहसँग किन जोडिएको होला ? कुनै बेला थियो, जब गर्भनिरोधक अस्थायी साधनको आविष्कार वा प्रचलन थिएन, त्यतिबेला विवाह पहिले गरिने यौनसम्बन्धले गर्भ रहेको अवस्थामा आइपर्ने झन्झट र त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने असरका कारण यौनका लागि विवाहलाई अनिवार्य मानिएको हुनसक्छ । यद्यपि आज विज्ञानले ठूलो फड्को मारिसकेको छ । यौन अब परिवार र समाजको नियन्त्रणमा छैन, यसलाई मानिसहरूले व्यक्तिगत अधिकारका रूपमा लिन थालिसकेका छन् ।

हिजोआज स्मार्टफोन र इन्टरनेटको सुलभताले यौनजन्य सामग्री हेर्न र पढ्न कसैले कसैलाई नियन्त्रण लगाउन सक्दैन । अब अभिभावकहरूले पनि वयस्क छोराछोरीलाई यौनसम्बन्ध राख्नु हुँदैन भन्नु भन्दा पनि बलात्कार चाहिँ गर्नु हुँदैन, यौन सम्बन्ध राख्नैपरे कसरी सुरक्षित यौनसम्पर्क राख्ने, यौनचाहना पूर्ति गर्ने वैकल्पिक उपायहरू के–के हुन्छन् भनेर किशोरावस्थादेखि नै सिकाउनु आवश्यक छ । त्यसैले बेलैमा पाखण्ड छोडेर यौन शिक्षा दिन सके राम्रो हुनेछ । के यो प्राकृतिक कुरालाई कानुनका दफा वा समाजका नकारात्मक आँखाले रोक्न सक्छ त ? यसलाई कानुन लगाएर रोक्छु भन्नु मूर्खता मात्र हो ।

उमेर पुगेका युवाले आपसी सहमतिमा यौनसम्बन्ध राख्न पाउनु उनीहरूको नैसर्गिक अधिकार हो । साभार श्राेतः इकान्तिपुर / अविरल थापा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah