दैनिक व्यस्त कामकाजका कारण कयौँ मानिसले शरीरमा दुखाई महसूस गर्ने गर्दछन् । तर यदि केही घरेलू उपाय अपनाउन सके यस समस्याबाट सजिलै छुटकारा पाउन सकिन्छ । आयुर्वेद एक्सपर्ट्सका अनुसार, शरीरको दुखाई कम गर्ने यी ७ घरेलू उपायको बारेमा यसरी व्याख्या गरिएको छ ।
१-ल्वांग र कालो मरिच
चिया बनाउँदा यसमा ५ ल्वांग, ५ कालो मरिच र थोरै अदुवा पसेर हाल्नुहोस् । मनतातो भैसकेपछि यसलाई बिस्तारै-बिस्तारै पिउनुहोस् ।
२-बेसार र दूध
शरीर दुख्ने समस्याले पीडित भएमा आधा चम्मच बेसारको पाउडरलाई एक गिलास दूधमा मिलाएर पिउनुहोस् । यसबाट आराम मिल्नेछ ।
३-तोरीको तेल २ चम्मच तोरीको तेलमा लसुनको ५ पोटीलाई भुट्नुहोस् । मनतातो हुँदा दुखाई रहेको ठाउँमा मसाज गर्नुहोस् ।
४-अदुवा
एक अदुवालाई छिलेर हल्का तताउनुहोस् । यसलाई कटनको कपडामा लपेटेर दुखाई महसूस हुने ठाउँमा 15 मिनेटसम्म सेकाई गर्नुहोस् ।
५-दालचीनी र मह
एक-एक चम्मच दालचीनी पाउडर र महलाई थोरै मनतातो पानीमा मिलाउनुहोस् । यस मिश्रणले दुखाई महसूस हुने ठाउँमा मसाज गर्नुहोस् ।
६-नीलगिरी
नीलगिरीको तेलमा अदुवाको पेस्ट मिलाउनुहोस् । यसलाई कटन कपडामा बाँधेर दुखाई रहेको ठाउँमा सेकाई गर्नुहोस् ।
७-नूनतातो पानीमा नून मिलाउनुहोस् । यसमा टावेल भिजाएर शरीरको सेकाई गर्नुहोस् । यसले केही समयमै आराम पुर्याउँछ ।



