कञ्चनपुर : दसैँ लगायतका चाडपर्व नजिकिँदै गर्दा कञ्चनपुरको भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।

चाडपर्वका बेला हुन सक्ने तस्करी, हातहतियारको अवैध ओसारपसार, चेलीबेटी बेचबिखन, लागुऔषधको कारोबार, आतङ्कित गतिविधि नियन्त्रण गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय बेलौरीले सुरक्षा सतर्कता बढाएको हो।

सीमा क्षेत्रका अवाञ्छित क्रियाकलाप हुन सक्ने क्षेत्रहरुको पहिचान गरी चौबीसै घन्टा प्रहरी परिचालन गरी निगरानी बढाइएको इप्रका बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले बताए।

‘भारतीय सुरक्षा निकायसँग समेत समन्वय गरी सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाएका छौँ,’ उनले भने। दैनिक सादा पोसाक र पोसाकमा गस्ती टोली परिचालन गरिएको उनले जानकारी दिए।

सीमा क्षेत्रमा भारत-नेपाल संयुक्त गस्तीको कार्यलाई समेत परिचालन गरिएको छ।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah