काठमाडौं, ३० भदौ । सल्यान स्थायी घर भएका २६ बर्षिय विशाल घर्ती मगर पेशाले काठमाडौं स्थित टोवा इन्जिनियरिङ कम्पनीका इन्जिनियर हुन् । अफिसका २९ जना साथीहरु सहित गत सावन ३० गते पिक्नीक गएका इन्जिनियर विशाल आज सम्म घर फर्किएका छैनन् ।

आफ्नो प्रीय मानीस एकै छिन टाढाँ हुदा वा सम्पर्कमा नआउदा मात्र हामी कति डर,त्रास र संका आसंकामा रुमल्लीन्छौ भने परिवारको प्यारो सदस्य जस्बाट परिवारले ठूलो सपना देखेको थियो, त्यो महिना दिन सम्म जिउँदो छ वा मरीसक्यो कुनै जानकारी नपाउदा कति दुखि होला परिवार ?0

नेपालीहरुको महान पर्व दशै तिहार नजिकीदै छन्, त्यो परिवार दुख र पिडाको शोकमा आशु बगाउदै बसिरहेको छ । कतै घर फर्कि आउछ कि भन्ने आशा अनि झिँनो विश्वास मनमा सजाउदै पिडालाई केहि मत्थर पार्ने बाहान खोज्दैै अघि बढेको छ त्यो परिवार ।

आफैले हुर्काइ बढाई गरी इन्जिनियर सम्म बनाएको भाईको चाडपर्वको मुखैमा पुग्दा सम्म कुनै जानकारी नहुदा एउटी दिदिको मन कस्तो भएको होला ? परिवारजन कति शोक र पिडामा छट्पटिएका होलान्, जो सुकैले पनि सहजै महशुस गर्न सक्छ उनिहरुको त्यो पिडा । तर घटनामा सम्बन्धित पक्षबाटै खोजी कार्यमा ध्यान नपुगेको भन्छिन्, इन्जिनियर विशाल कि दिदी सदिक्षा घर्ती मगर । उनले प्रहरीले समेत खोजी र अनुसन्धान कार्यलाई बेवास्ता गरेको दुखेसो खबरडबली सँग पोखेकी छन् ।

विगत लामो समयदेखि काठमाडौं बस्दै आएकी सदिक्षा आफैले भाईको पठन पाठनमा सहयोग गरिन् । आमा बुवा वितिसकेकोले विशालको अभिभावकत्व आफैले निर्वाह गरेर दुःख शुख भाईलाइ इन्जिनियर बनाउन सफल पनि भइन् । भाइले इन्जिनियर सकेर काठमाडौंको टोवा इन्जिनियररिङ कम्पनिमा काम सुरु गरेपछि त्यो परिवारमा खुशिको दिन आउदै थियो,नयाँ प्रकारको उल्लास थपिदै थियो । तर अचानक सबैका प्रिय विशाल हराएको खबरले महिना दिन देखि परिवारको त्यो खुशि पुर्न हराएको छ । भोक,प्याँस गुमेको छ, उनकै खोजी र सम्झनामा दिनहरु रोएर वितिरहेका छन् ।

पारिवारीक श्रोतका अनुसार सावन ३० गते विशालको कामगर्ने कम्पनिबाट २९ जना सदस्यहरु सहितको टिम एकदिने पिक्नीकका लागि धादिङको गल्छीबगर रिसोर्टमा पुगेको थियो । तर २९ जनाको टिममा गएका विशाल मात्र लापत्ता भए, अरु सबै २८ जना आ–आफ्नो घरमा फर्किएका छन् । उनीलाई त्रीशुलीमा पौडी खेल्दा डुबेर हराएको भनिएको छ ।

विशालको ठूलो बुवाका छोरा जीवन घर्ती मगरले खबरडबलीसँग पिडा सुनाउँदै भने, त्यसरी डुबेर हराएको भए पौडि खेल्दा को को थिए ? एक्लै पौडि खेल्न जाने कुरै हुदैन ? बचाउन के कस्तो प्रयास गरियो ? हामीलाई चित्त बुझ्दो जवाफ नदिएरै सम्बन्धित पक्षहरु घटना बाट उम्कीन खोजेको देखिन्छ । हामीलाई घटनाको बारेमा जानकारी पाउने अधिकार त छ नि ? संचारमाध्यमहरुले हामीलाई सहयोग गरिदिनुप¥यो ।

उनले विशाल हराएको खबर पाउदा साथ सावन ३० गते नै उनकी दिदी सदिक्षा सहितको टिम खोजीका लागि घटना भएको रिसोर्टमा पुगेको बताए । त्यहाँ रिसोर्ट संचालक,पिक्नीकमा सहभागि उनका साथीहरु र प्रहरीसँग घटना बारे उनले बुझ्दा सबै बाट फरक फरक भनाई पाइएकोले विशालको घटना कुनै नियोजित रुपमा गरिएको आसंका परिवारजनले गरेको जीवनले बताए ।

खोजीकार्यमा प्रहरीले नै ध्यान दिएनः परिवारको गुनासो

विशाल हराएको महिना दिन पुग्दा सम्म पनि उनको खोजीमा प्रहरीले खासै ध्यान नदिएको र घटना बारे विश्वसनिय तथ्य सार्वजनिक नगरेको परिवारको आरोप रहेको छ ।

घटनामा सम्बन्धित पक्षहरुको फरक फरक भनाइले हामीलाई सशंकित गराएको, भन्दै जीवनले आफ्नो भाइ विशालको खोजीमा प्रहरीले नै ध्यान नदिदा आफुहरु अझै पिडामा परेको बताए ।

प्रहरीले पिक्नीकमा मादक पदार्थ सेवन गरेर त्रीशुलीमा पौडि खेल्दा डुबेको बताउदै थप अध्यन गरिरहेका छौ भन्छ, यस भनाइमा परिवारजनहरु विश्वस्त हने कुनै आधार छैन्, जीवनले बताए ।

उनले भने, काम गर्ने टोवा इन्जिनियरिङका प्रबन्धक राजेन्द्र शाक्यले समेत आफ्नो होनहार कर्मचारी यसरी हराउँदा खोजी गनुपर्दथ्यो, त्यो देखिएन् ।

सँगै गएका उसका साथीहरु समेत नाजवाफ हुनु र ठोकुवा साथ घटना यसरी भएको हो भनेर भन्न नसक्नुले प्रहरीको अनुसन्धान फितलो भयो भन्ने हामीलाई लागेको छ, जीवनले भनें ।

घटनाको विषयमा धादिङ जिल्ला प्रहरीले प्रारम्भीक रिपोर्टको आधारमा पौडि खेल्दा त्रीशुलीमा डुबेर हराएको भन्दै उक्त घटनाको विषयमा सुक्ष्म अनुसन्धान भैरहेको जनाएको छ ।

जीवनले अगाडि भने, प्रबन्धक शाक्य,विशालका प्रिय साथीहरु,प्रहरी,संचारकर्मि र सबै सबैलाई विशालको घटनाबारे विश्वसनिय जानकारीका लागि सहयोगको हार्दिक अपेक्षा गर्दछौ ।

तपाईहरुको अति प्रिय मानीस, कुनै सदस्य २ घण्टा मात्र बेखवर हुदा कति पिडा,आशंका र आक्रोस हुन्छ, सम्झनुस् । कृपया घटना जे जसरी घटेको भएपनि हामीलाई विश्वस्त गरादिनुस् । उनले अत्यन्त पिडा भाव व्यक्त गरें ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah