२०७३- पूर्वाञ्चलमा हुने भनिएको सातौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चौथो पटक सरेको छ । राष्ट्रिय खेलकुद परिषदो सोमबार बसेको बोर्ड बैठकले सातौंको मिति पुस आठदेखि १५ गतेसम्मका लागि तोकेको हो ।

सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको पाँच वर्ष बितिसक्दा पनि सातौं राष्ट्रिय खेलकुदको मिति भने सरेको सरै छ । नयाँ मिति तोकेसँगै सातौंको मिति चौथो पटक सरेको हो । यसअघि २०७२ को मंसिर ११ देखि १८ सम्म सातौं खेलकुदको आयोजना गर्ने भनिए पनि सो मिति पनि सरेर फागुनका लागि सारेको थियो । त्यो मितिमा पनि बजेट निकासा नभएपछि परिषद्ले नै यही मंसिर ८ देखि १५ गतेका लागि सारेको थियो ।

तर पूर्वाधार र क्षेत्रीय छनोट तोकेको मितिमा सम्भव नहुने भएपछि खेलकुद मन्त्री दलजित श्रीपाइलीको अध्यक्षतामा बसेको बैठकले पुस ८ गतेका लागि सातांै खेलकुदको मिति सारेको परिषदा प्रेस सल्लाहकार रोहित दाहालले जनाए । यसका साथै प्रतियोगिताको क्षेत्रीय छनोट प्रतियोगिता यही मंसिर २० देखि २८ गतेसम्मका लागि तोकेको छ । यसअघि क्षेत्रीय छनोट प्रतियोगिता फागुनको अन्तिम सातामा गर्ने घोषणा गरिएको थियो । तर सो समयमा हुन नसकेपछि अनिश्चित कालका लागि सरेको थियो ।

पूर्वाञ्चलका ११ जिल्लामा हुने प्रतियोगिताको उद्घाटन विराटनगरमा र समापन धरानमा गर्ने पूर्वनिर्धारित तालिका छ । प्रतियोगिताका लागि सरकारले २० करोड रुपैयाँ छुट्याएको छ । उक्त रकम अपुग भएमा पुन: सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको छ । साथै सो बैठकले सातौ सकिएलगत्तै १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका लागि लाग्ने निष्कर्ष निकालेको छ । यसका साथै केही दिन अगाडि खेलाडी सुविधा समन्वय समितिले बुझाएको प्रतिवेदनलाई पनि चाँडै स्वीकार गरेको छ ।

बैठकमा खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहाल, सहसचिव चूडामणि पौडेल, बोर्ड सदस्यहरू, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षलगायतको उपस्थिति थियो । आज को कान्तिपुर मा खबर रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah