नयाँ दिल्ली, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको परिवर्तनका लागि प्रवासी नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा बिहीबार आयोजना गरेको अन्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको परिवर्तनको प्रक्रियामा प्रवासी नेपाली समुदायको भूमिकालाई सरकारले उच्च मूल्याङ्कन गरेको बताए ।

उनले भने, ‘नेपाली समुदाय जहाँ रहे पनि नेपालको हितमा नै काम गर्दै आएको छ । राजनीतिक परिवर्तनमा प्रवासी समुदायको भूमिका महत्वपूर्ण र उल्लेखनीय छ । अब मुलुकको आर्थिक विकास र समृद्धिका लागि पनि प्रवासी समुदायको भूमिका प्रभावकारी हुनुपर्छ ।’

अन्तक्रियामा सहभागी मञ्चका अध्यक्ष ईश्वरी भण्डारीका अनुसार प्रधानमन्त्रीले नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल–भारत सम्बन्धका बारेमा जानकारी गराएका थिए ।

यसैबीच अखिल भारत नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई व्यापार सहजीकरण, दुई देशको सम्बन्ध लगायत विषयमा १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । हरि लामिछाने/रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah