काठमाडौं, ८ मंसिर । पतञ्जली आयुर्वेद लिमिटेडले आगामी १० वर्षभित्र नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न किसिमका आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबर्द्धक वस्तुको उत्पादनमा उक्त लगानी गर्ने भएको हो ।

नेपालमा १० अर्ब रुपैयाँ लगानी गरी उद्योग स्थापना सुरु गरेको पतञ्जली आयुर्वेद लिमिटेडका संस्थापक योगगुरु रामदेवले काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । ‘लगानी विस्तार गर्दै एक खर्ब रुपैयाँ पुर्‍याउने योजना छ,’ उनले भने । पतञ्जलीले गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतोसँगको साझेदारीमा वीरगन्जको पर्सौनीमा पतञ्जली उद्योग स्थापना गरिसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार योगगुरु रामदेव र आचार्य बालकृष्णलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा उनले उक्त लगानी गर्ने बताएका हुन् । ‘हामी नेपाल स्वस्थ र समृद्ध भएको हेर्न चाहन्छौँ,’ उनले भने । कम्पनीले उक्त समयभित्र २० हजारलाई प्रत्यक्ष र एक लाखजनालाई अप्रत्यक्ष रोजगारी दिनेसमेत बताए ।

पतञ्जली र उद्योगी महतोको लगानीमा वीरगन्जको पर्सौनीमा स्थापना भएको उद्योगमा हालसम्म एक अर्ब ५० करोड रुपैयाँ लगानी भइसकेको छ । उद्योगले अहिले ६० प्रकारका वस्तु उत्पादन गरिरहेको महतोले जानकारी दिए । ‘पहिलो चरणमा खाद्यान्न, आयुर्वेद तथा कस्मेटिक वस्तु उत्पादन गर्न सुरु गरेका छौं’ उनले भने, ‘दोस्रो चरणमा औषधिलगायत अन्य सामग्री उत्पादन हुने छ ।’

नाफा फिर्ता नलाने
रामदेवले नेपालमा पतञ्जलीको उद्योग व्यवसायबाट हुने कुनै पनि नाफा भारत फिर्ता नलाने घोषणा गरेका छन् । उनले आफू नेपाललाई भारतजत्तिकै प्रेम गर्ने भन्दै यहाँ हुने नाफा फिर्ता नलैजाने घोषणा गरेका हुन् । ‘हामी अर्को वर्षबाट विकसित देशमा वार्षिक १० हजार करोड भारुबराबरको उत्पादन निर्यात गर्नेछौँ र ती मुलुकबाट भारतमा नाफा ल्याउनेछौँ,’ उनले भने, ‘तर, नेपालबाट नाफा भारत लैजाने छैनौँ ।’ उनले जुन मुलुकमा लगानी गरेको हो त्यही मुलुकको समेत भलाइ गर्नुपर्ने बताए ।

उत्पादनमा लगानी गर्न आग्रह
योगगुरु रामदेवले नेपाली निजी क्षेत्रलाई व्यापारमा भन्दा उत्पादनमूलक उद्योगमा लगानी गर्न आग्रह गरेका छन् । उनले व्यापारमा भन्दा उत्पादनमा बढी सम्मान मिल्ने भन्दै त्यसतर्फ लाग्न आग्रह गरेका हुन् । अर्काको ब्रान्ड बिक्री गर्दा तत्काल फाइदा भए पनि दीर्घकालीनका लागि आफ्नै ब्रान्ड स्थापित गर्नुपर्ने बताए ।

‘हो उत्पादनका लागि चार–पाँचवटा चुनौती छन् र आफ्नै ब्रान्ड बनाउन १०–२० वर्ष लाग्छ,’ उनले भने, ‘मिहिनेत गर्न सके यो सबै सम्भव छ भन्ने कुरा पतञ्जलीले देखाएको छ ।’ पतञ्जलीले २० वर्ष लगाएर आफ्नो ब्रान्ड स्थापित गरेको र यसको वार्षिक कारोबार अहिले १० हजार करोड भारु नाघेको उनले बताए ।

सहकार्यमा लगानी गर्न महासंघ तयार
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पतञ्जली आयुर्वेदसँग मिलेर मुलुकभर उद्योग स्थापनाका गर्न महासंघ तयार रहेको बताएका छन् । उनले नेपालमा उपलब्ध आयुर्वेद तथा प्राकृतिक स्रोतको उपयोगका लागि पतञ्जलीसँग सहकार्य गर्न इच्छुक रहेकोसमेत बताए ।

‘नेपाल भौगोलिक तथा प्राकृतिक रूपले आयुर्वेद उद्योगका लागि अत्यन्तै अनुकूल रहेको छ,’ उनले भने, ‘महासंघ पतञ्जलीसँग सहकार्य गरेर देशभर आयुर्वेद उद्योग स्थापना गर्न चाहन्छ ।’ महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले पनि मुलुकको निजी क्षेत्र पतञ्जलीसँग सहकार्य गर्न तयार रहेको बताइन् । नयाँ पत्रिका दैनिकमा कृष्ण रिजालले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah