विवाहको ४ वर्षसम्म आफ्ना श्रीमानले आफूलाई छुनसम्म पनि नखोजेपछि ३२ वर्षकी एक विवाहित महिलाले आत्महत्या गरेकी छिन् । ती महिलाले मर्नुअघि लेखेको सुसाइड नोटमा श्रीमान्सहित त्यो परिवारका कसैले पनि आफ्नो शवलाई नछुनु भनी लेखेकी छिन् । भारतको राजधानी दिल्लीमा भएको यो घटनापछि यहाँ हुने गरेको घरेलु हिंसाको निकै विभत्स रुप बाहिरिएको हो ।
उत्तरी दिल्लीकी निधि बंसल नामकी ती महिला आफ्ना श्रीमान अतुल बंसलसँग बस्थिन् । उनीहरुको २०१३ डिसेम्बर ४ का दिन भएको थियो । विवाहलगत्तै यी दुईबीच झगडा भएको बताइएको छ । अतुलले यो चार वर्षको अवधिमा कहिल्यै श्रीमती निधिसँग एउटै कोठामा सँगै नबसेको पारिवारिक स्रोतले जनाएको छ । यही कारण पनि उनीहरुसँग झगडा भइरहन्थ्यो ।
शुक्रबार साँझ साढे ७ बजेतिर निधि कोठामै पंखामा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । प्रहरीले घटनास्थलबाट निधिको सुसाइट नोट बरामद गरेको छ । नोटमा निधिले आफ्ना श्रीमान्सहित परिवारले आफूलाई सधैं सताउने गरेको उल्लेख गरेकी छिन् ।
उनले सुसाइड नोटमा आफूलाई जिउँदै हुँदा त कसैले छोएन भने मरेपछि पनि मेरो शव नछुनू भनेर लेखेकी छिन् । प्रहरीले शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको छ ।-एजेन्सी-डिसीनेपालबाट



