बारा– एक अर्व ५० करोडको लगानीमा कलैया–वीरगन्ज सडक खण्डको प्रसौनीमा निर्माण भएको पतंजलि आयुर्वेद उद्योगको बिहीबार उद्घाटन हुने भएको छ।

आयर्वेदिक औषधि,कस्टमेटिक समाग्री र खाद्य पदार्थ उत्पादन गर्ने यस उद्योललाई राष्ट्रिपति बिद्या देवी भण्डारी, योग गुरु स्वमी रामदेव, आयुर्वेद बालकृष्ण आचार्य र गैर अवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको उद्योगका प्रबन्धक प्रकाश सिंहले बताए।

भारतीय योग गुरु रामदेव बाबा र बालकृष्ण आचार्यले भारतको हरिद्वारमा स्थापना गरेका पतंजलि आयुर्वेद लिमिटेड र गैर आवासीय नेपाली उपेन्द्र महतोको संयुक्त लगानी रहेको यस उद्योलले स्वदेशी जडीबुटीको प्रयोग गरी आयुर्वेदिक औषधि, कस्टमेटिक समाग्री र खाद्यान्य पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको सिंहले बताए।

उद्योगको उद्घाटनका लागि राष्ट्रिपति भण्डारी, योग गुरु रामदेव, आचार्य बालकृष्ण र गैर अवासीय नेपाली महतो बाराका आइपुगेको सिंहले बताए।

रामदेव, बालकृष्ण र महतो हाल सिमरामा अवस्थित होटेल इच्छामा बास बस्ने कार्यक्रम रहेको सिंहले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah