एजेन्सी / यहाँ मान्छेको मरण त मुसासरी छ भने कुनै बाख्रो मर्दा दुखमनाउ गर्ने फुर्सद कसलाई होेला र ? तर सधै त्यस्तो कहाँ हुँदोरहेछ र । एउटा बाख्रो मर्दाखेरी दुनियाका लाखौँ मान्छेलाई रुवाएको छ अहिले ।हो, अष्ट्रेलियाको गेरी नामको बाख्रो मरेपछि इन्टरनेटमा रहेका उसका लाखौँ फलोअर्सले दुखमनाउ गरेका छन् ।

गेरी कुनै मामुली बाख्रो थिएन, सोसल मिडिया स्टार नै थियो । ट्युमरका कारण मरेका गेरीका सोसल मिडियामा १७ लाख फलोअर्स थिए । गेरी मरेको खबर उसका मालिक जेम्स डिजारनल्डसले सोसल मिडियामार्फत नै दिए ।

गेरी सन् २०१३ मा तब चर्चामा आएको थियो जब उसले सिड्नी म्युजियम बाहिर फुलेको फूल खाइदियो र ऊमाथि झण्डै ४५ हजार रुपैयाँ बराबरको जरिवाना लगाइयो । तर अदालतमा पुगेको यस मुद्दा गेरीले जित्यो र त्यसपछि ऊ एउटा यात्रा कमेडीमा सहभागी भएर चर्चा कमायो ।

गेरी सोसल मिडियामा यति प्रिय थियो की उसका कैयन् फ्यानहरुले आफ्नो जिउमा उसको आकृतिको टाटु बनाएका छन् । गेरी मृत्युपछि जब खबर सोसल मिडियामा आयो तब ३० हजार मानिसले त कमेन्ट गरेरै शोक व्यक्त गरे । उसका १७ लाख फलोअर्स उसको मृत्युबाट आहात छन् ।बिभिन्न अनलाइनहरूबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah