काठमाडौं, ९ मंसिर । पार्टी बैठकका लागि कपन जान बिहान करिब १० बजे मैतीदेवीबाट माइक्रोबस चढें । माइक्रोबस हुत्तिँदै थियो । गौशाला पुगेपछि लेन क्रस गरेछ ।

अाजको अन्नपूर्ण पोस्टमा खबर छ– चोकमा ट्राफिक प्रहरी देख्नेबित्तिकै चालकले हुत्याएर माइक्रोबस गौशाला ओरालोतर्फ मोडे । ढोका खुलै रहेछ । सिटमा बसेको म एक्कासि सडकमा खसेछु । खसेकोसम्म याद थियो । अर्धचेत् रहेछु । होस आउँदा प्रहरी र अस्पताल ल्याउने मानिसले घेरेर बसेका थिए ।

काठमाडौं मेडिकल कलेजसम्म कुनै सहृदयीले मलाई ल्याइदिएछन् । टाउको टन्किरहेको थियो । के भएर मलाई यहाँ ल्याएको भनेर सोधें । बल्ल पो थाहा पाएँ– माइक्रोबसका चालकले ट्राफिक कारबाहीबाट जोगिन गाडी घुमाएपछि म सडकमा बजारिएको रहेछु ।

गल्ती सोह्रैआना माइक्रो चालककै हो । अहिलेका उत्ताउला चालक बेस्सरी हाँक्छन् । दुर्घटना त मार्ने खालकै थियो । धन्न मरिएन । प्रहरी र स्थानीयले अस्पताल ल्याए । टाउको र ढाडमा चोट लागेको छ । डाक्टरहरूले केही हुँदैन भनेका छन् ।

सन्चो÷बिसन्चो बुझ्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि आएका थिए । पार्टीका नेताहरू पनि आए । गृहमन्त्रीले ‘लौ दाइ, के गर्नुपर्छ सरकारले गर्छु भने । आईजीपीले पनि स्वास्थ्यलाभको कामना गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah