काठमाडौं, ९ मंसिर । नेपाल प्रहरीका तालिम केन्द्रमा कार्यरत प्रहरीले १० प्रतिशत भत्ता पाउने भएका छन् । भत्ताका लागि अर्थ मन्त्रालय, कानुन मन्त्रालय तथा लोकसेवा आयोगले सहमति दिएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ– प्रहरी नियमावली, २०७२ संशोधन गर्दै भत्ताको व्यवस्था गर्न लागिएको हो । सबै निकायबाट स्वीकृत प्राप्त भएपछि प्रहरीले नियमावली मन्त्रिपरिषद् लैजाने तयारी गरेको छ ।

राष्ट्रिय प्रहरी तालिम प्रतिष्ठान, महाराजगन्ज, जुनियर प्रहरी एकेडेमी चितवन, पाँचवटा क्षेत्रीय तालिम केन्द्र र नवलपरासीस्थित युक्ति तालिम महाविद्यालयमा कार्यरत प्रहरीहरूले १० प्रतिशत भत्ता पाउनेछन् ।
यसअघि प्रवचन भत्ता मात्र दिने प्रावधान थियो । सशस्त्र प्रहरीको तालिम केन्द्रमा कार्यरत प्रहरीलाई १० प्रतिशत भत्ता दिइएकाले प्रहरीले पनि सो सुविधा माग गरेको हो । जसमा अर्थलगायत सबै निकायले सहमति दिएका हुन् ।

श्रेणीविहीन चार स्तर
नेपाल प्रहरीमा पहिलोपटक श्रेणीविहीन कर्मचारी ९प्रहरी परिचर०को स्तर कायम गरिएको छ । यसअघि सबैको तलब एउटै हुने र जागिर अवधिभरि बढुवा नहुने भएकाले उनीहरूको स्तरवृद्धिको प्रावधान राखिएको हो । यसले उनीहरूको तलबमानमा पनि फरक पर्नेछ । सिनियर परिचरले धेरै तलब पाउनेछन् । यसले श्रेणीविहीन कर्मचारीलाई प्रोत्साहन मिल्ने प्रहरी अधिकारीहरूको भनाइ छ । सशस्त्र प्रहरी बलमा भने पहिलेदेखि नै प्रहरी परिचरको चार तह छ ।

परीक्षणकाल परिवर्तन
प्रहरीको परीक्षणकालसम्बन्धी प्रावधान पनि संशोधन भएको छ । यसअघि नियुक्ति भएको अवधिदेखि एक वर्षको अवधिलाई परीक्षणकाल मानिएको थियो । अब आधारभूत तालिम सम्पन्न गरेको एक वर्षको अवधि परीक्षणकाल हुनेछ ।

अध्ययनवृत्ति पाउने
सरकारबाट स्वीकृत वैदेशिक अध्ययनमा प्रहरीले अध्ययन वृत्ति पाउने भएका छन् । प्रहरी नियमावलीको संशोधनको मस्यौदाअनुसार भारतमा पढ्न जाने राजपत्रांकित प्रहरी अधिकृतले पहिलो १५ दिन एक सय सात अमेरिकी डलरको दरले तथा राजपत्र अनंकित प्रहरीले ८० अमेरिकन डलर दैनिक भत्ता पाउनेछन् ।

त्यस्तै, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाइल्यान्डमा वैदेशिक अध्ययनमा जाने राजपत्रांकितले दैनिक एक सय ४४ तथा राजपत्रअनंकितले एक सय आठ डलर दैनिक भत्ता पाउनेछन् । त्यसबाहेक अन्य देशमा जाने राजपत्रांकितले एक सय ५५ र राजपत्रअनंकितले एक सय १५ अमेरिकन डलर अध्ययन वृत्ति पाउनेछन् । यसबाहेक उनीहरूले हरेक महिना सय डलर अध्ययनवृत्ति पनि पाउनेछन् ।

सशस्त्र प्रहरी अधिकारीले पहिलेदेखि नै यस्तो सुविधा पाउँदै आएकोमा नेपाल प्रहरीले पाएका थिएनन् । त्यस्तै, कुनै प्रहरीको कामकै सिलसिलामा मृत्यु भएमा वा अशक्त भएमा उनीहरूका दुई सन्ततिले २१ वर्षसम्म सन्ततिवृत्त र शैक्षिक वृत्ति पाउनेछन् । यसअघि १८ वर्षसम्म मात्र दिने व्यवस्था थियो ।

नियमावली मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुनेछ । नियमावली संशोधनको बढुवासम्बन्धी केही प्रस्तावलाई भने लोकसेवा आयोगले अस्वीकृत गरिदिएको छ । विशेष बढुवा तथा औषधि उपचार खर्च थप्ने जस्तो प्रावधानलाई आयोगले अस्वीकृत गरी नियमावली संशोधनको मस्यौदा गृह मन्त्रालयमा फर्काएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah