अष्ट्रेलियाको उत्तरी भागमा सेतो रंगको गोही फेला परेको समाचारमा जनाइएको छ ।

दुर्लभ लाग्ने यस्तो गोही डार्विननजिक ऐडिलेड नदीमा भेटिएको हो । अहिलेसम्म कालो, खैरो र हरियो रंगका गोही मात्र भेटिएका थिए । करिब ३ मिटर लम्बाइको सेतो गोहीको नाम ‘पर्ल’ राखिएको छ । वन्य जीवन संरक्षण समूह नामक एक गैरसरकारी संस्थाकी अध्यक्ष ब्राडीले यस्तो गोही भेटिएपछि पर्यटन ब्यवसायी उत्साहित भएको बताइन् । उनले भनिन्, ‘भावविभोर भएर उसलाई मैले दिनभर हेरेर बसिरहें ।’

यसअघि सन् २०१४ मा यस्तै गोही फेला परेको थियो । त्यतिखेर यसले निकै चर्चा पाएको थियो । त्यस गोहीले माछा मार्ने एकजना ब्यक्तिलाई मारेको थियो । त्यसपछि स्थानीयबासीले उसलाई मारेका थिए ।

हाइपोमेलनिज्मले गोहीको रंग हल्का पहेंलो जस्तो देखिने जीव बैज्ञानिकहरुको भनाइ छ । अष्ट्रेलियामा पाइने धेरैजसो गोहीको रंग खैरो अथवा हरियो हुन्छ ।

चार्ल्स डार्विन विश्वविद्यालयमा रिसर्च एसोसियट ऐडम व्रिटनका अनुसार पर्लको वंशाणुगत कारणले यसको रंग सेतो भएको हुनु पर्छ । अण्डामा गडबड आउँदा पनि यस्तै हुन्छ ।,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah