जनतालाई स्वास्थ्य सुविधा दिन्छौँ भनी नारा लगाउने तर जनताको सानो पीडामा समेत मल्हम लगाउन नसक्ने राजनीतिक पार्टीका नेतालाई चुनौती दिँदै अमेरिकामा बसेर रगतपसिना बगाएका नेपालीले मृगौला रोगबाट पीडित एक महिलालाई आफूसक्दो रकम पठाएर परोपकार गरेका छन् । आफ्नो पेट दुख्दा राज्यको ढुकुटीमा लामो हात गरी विदेश उपचार गराउन जाने नेताहरूलाई यो अभियानले चुनौती दिनुका साथै नैतिक संकटमा पारेको छ ।

अर्बौंकी मालिक्निी भएर पनि कांग्रेस नेतृ सुजाता कोइरालालाई सरकारले पचास लाख दिएको सन्दर्भ उत्कर्षमा रहेकै बेला स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले गुल्मीको शन्तिपुर निवासी २६ वर्षिया सीता कालामगरलाई अमेरिकामा बसोबास गर्ने केहि व्यक्तिका छोराछोरीले खाजाखर्च कटाएर जम्मा पारेको २ लाख ३६ हजार हस्तान्तरण गरे । विवाह बन्धनमा बाँधिएको वर्ष दिनमै मृगौलाले काम गर्न छोडेपछि उनको परिवारमा चिन्ता र छटपटि सुरु भएको थियो । श्रीमान्को गहिरो प्रेम र देशविदेशमा रहेका नेपालीको स्नेहले आफूले मृगौला प्रत्यारोपण गर्न पाएको पीडित सीताले बताउँदा मन्त्री थापा स्तब्ध भएका थिए ।

मन्त्रालयमा भएको भिडभाडका बीच रकम हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले आफूले केहि भए पनि राहतका लागि काम थालेको बताइरहँदा मृगौला प्रत्यारोपण गरेकी सिताले हात जोडेर यस्तो महंंगो उपचार गर्न नसकिने हुँदा सरकारको ध्यान जान आग्रह गरेकी थिइन् । उपस्थित केहिले समय लामो भयो भनेर गुनासो गर्दा मन्त्री थापाले तपाईंहरु माग्न आउनुभएको छ उहाँहरु दिन भनेर आउनुभएको भन्दै उपस्थितजनलाई हकारेका थिए ।

अमेरिकाबाट नेवि संघ गुल्मीका पूर्वउपाध्यक्ष श्रीराम थापाको सकृयतामा रकम संकलन गरिएको थियो । मृगौला प्रत्यारोपण गरेपछि हाल पनि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार गराइरहेकी सीता कालामगरलाई सहयोग गर्नेहरुमा श्रीराम थापा, उद्धव के.सी., संदीप थापा, राजेश थापा, राम सिल्वाल, मनिष पौडेल, भुवन त्रिपाठी, सिता भण्डारी, सन्तोष खत्री, तुल्सी ज्ञवाली, इश्वरी भण्डारी, पुष्पा घले रहेका छन् । यसैगरी सहयोग गर्ने अन्यमा सोनाम लामा, राज गौतम, केशव सुवेदी, क्षितिज थापा, लक्ष्मण भण्डारी, अमृत कुँवर, कोपिला बस्नेत, तेजेन्द्र थापा, कमल खत्री, प्रेम के.सी., टिका पुन, ऋषबहादुर कुँवर, रमेश खत्री, प्रेमध्वज शाही, कृष्णकुमारी गौतम, धनु थापा, शान्ता बस्नेत, हरी थापा र चन्द्र बहादुर बस्नेत रहेका बताइएको छ । स्मरण रहोस्, अमेरिकामा बसेर पनि विभिन्न रोगबाट उपचार गराउन नसकेका विरामी र गत वर्ष वडागाँउका अग्नीपीडितलाई समेत समाजसेवी श्रीराम थापाले सहयोग रकम जुटाउनुभएको थियो । घटनारबिचर बाट सभार गरिएको । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah