आईसिसी महिला विश्वकप टि—२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको छ । थाइल्याण्डको बैंककमा जारी प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १ सय ८ रन बनाएको थियो। नेपालले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा मध्यम स्कोर तयार गरेको थियो। १ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्र बनाउन सक्यो। नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन्। सोनु खड्का, सीता रानामगर, नेरी थापा र ऋतु कनौजियाले १–१ विकेट लिए।

नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।

छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड्स र युगान्डा छन्।

अब नेपालले अन्तिम खेलमा आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah