बेलायतको सहर केम्सफोर्डका एक व्यक्तिको भाग्य उनको खेतमा भएको माटोको ढिस्कोले फेरिदिएको छ । यहाँका क्रिस कटलर नामका व्यक्तिले आफू सानै हुँदा सुनेका कथाहरुको आधारमा खेतमा खजाना खोज्दै थिए ।
उनी खजानाको खोजीमा आफ्नो घर आसपासका खेतहरुमा विगत केही दिनदेखि घुमिरहेका थिए । केही समयअघि उनले थाहा पाएका थिए यी खेत भएको ठाउँमा एंग्लो सेक्सनले १०० वर्षभन्दा पहिले खजाना लुकाएका थिए । क्रिस त्यही खजाना खोज्दै थिए । केही दिनसम्म कोसिस गर्दा उनले एकाएक एउटा सुनौलो रंगको पत्थर भेट्टाए । उनले यो पत्थरलाई सफा गर्दा चकित परे ।

यो कुनै साधारण पत्थर नभइ प्राचीनकालको सुनको सिक्का थियो । सुरुमा त उनलाई यसको मूल्य त्यति धेरै नभएको जस्तो लाग्यो तर पछि ध्यानपूर्वक हेर्दा उनलाई खजाना भेटेको महसुस भयो । यो सिक्का भेटिएपछि उनले यसलाई ब्रिटिस म्युजियममा जाँचको लागि दिए । जाँचपछि म्युजियमले यो सिक्काको मूल्य १४ लाख भन्दा बढी पर्ने बताएको छ ।
एजेन्सी



