काठमाडौं, १० मंसिर । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को फारम भर्नेको भीड बढेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ –झन्डै अढाइ महिनापछि बुधबारदेखि फारम भर्न खुला गरिँदा भीड लागेको हो । अत्यधिक भीडका कारण फारम भर्न चाहनेहरू मध्यरातदेखि नै लाइनमा बस्न थालेका छन् । लाइनमा बस्दासमेत फारम भर्न नपाएको उनीहरूको गुनासो छ ।
यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार दुई महिनाभन्दा बढी समयसम्म लाइसेन्स दिने प्रक्रिया ठप्प हुँदा करिब १६ हजारजना लाइसेन्स लिने प्रक्रियामा सहभागी हुन पाएनन् । ‘फारम संकलन सुरु गर्दा रोकिएर रहेका व्यक्ति एकैचोटि आएको र त्यसले भीड देखिएको हो,’ उनले भने ।

त्यस्तै, काठमाडौं उपत्यकामा सञ्चालन भइरहेको अनुमतिपत्र दिने एक मात्र यातायात व्यवस्था कार्यालय, एकान्तकुनाले दैनिक ६ सय फारम मात्र वितरण गरिरहेको छ । ट्रायल सेन्टर अभावका कारण दैनिक ६ सयभन्दा बढी फारम वितरण गरे पनि त्यसपछिको प्रक्रिया अघि बढाउन नसकिने भएकाले ६ सयमा सीमित गरिएको यातायात व्यवस्था विभागको भनाइ छ ।
एक दिनमा ६ सय फारम मात्र किन ? विभागसँग साइसेन्स लिनका लागि दिनुपर्ने लिखित परीक्षा हुने हल दुईवटा रहेका छन् । ती हलमा दिनभरमा विभिन्न सिफ्टमा गरेर ६ सयजनाको मात्र परीक्षा लिन सकिन्छ । अर्को्तिर लिखित परीक्षा पास गर्नेलाई लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) केन्द्र पनि दुईपांग्रेको मीनभवन र चारपांग्रेको रामशाहपथमा एक–एकवटा मात्र छन् । रातको समयमा ट्रायल लिन सक्ने सम्भावना छैन, एउटा परीक्षार्थीले ट्रायल दिन पनि पाँचदेखि १० मिनेट समय लाग्ने भएकाले त्यहाँ पनि भीड हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah