बैतडी, ११ मंसिर । नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसान भैँसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका छन् । सरकारले बैतडीसहित २० जिल्लामा किसानलाई भैंसी सुत्केरी भत्ता दिने घोषणा गरेको भए पनि बैतडीका कुनै पनि कृषकले भैँसीको बिमा नगराउँदा भैंसी सुत्केरी भत्ता पाउनबाट वञ्चित भएका हुन् ।

यस जिल्लामा थुप्रै भैँसीपालक किसान रहेपनि अहिलेसम्म कसैले पनि बिमा गराएका छैनन् । नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले भैँसीको पशु बिमा गराएका किसानलाई सुत्केरी भत्तावापत प्रति भैँसी रु दुई हजार ५ सय उपलब्ध गराउने गरेको छ ।

किसानले पशु बिमा गर्दा २५ प्रतिशत रकम मात्र तिर्नुपर्ने र अरु ७५ प्रतिशत रकम नेपाल सरकारले तिर्ने व्यवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले बताए।

“किसानलाई पटकपटक पशु बिमाका लागि आग्रह ग¥यौँ तर पनि अहिलेसम्म जिल्लाका एउटा पनि किसानले पशु बिमा गराएका छैनन्” उहाँले भने “किसानले भैँसीको एक रु लाखसम्मको बिमा गरेको छ र भँैसीको कारणवस मृत्यु भयो भने बिमा कम्पनीले ९० हजार दिने प्रावधान छ । ”

भैंसी सुत्केरी भत्ता पाउनका लागि भैँसी ब्याएको दुई महिनाभित्र निवेदन दिनुपर्ने, सम्बन्धित पशु सेवा केन्द्रको सिफारिस हुनुपर्ने र पशु बिमा गरिएको हुनुपर्ने प्रावधान छ । तर बैतडीमा कुनै पनि किसानले भैँसीको बिमा नगरेकाले किसानले भैंसी सुत्केरी भत्ता नपाएको समेत डा नवीन घिमिरेले जानकारी दिए ।

जिल्लाका धेरै किसान पशु बिमाको बारेमा अझै पनि अनविज्ञ रहेका छन् । जनचेतनाको अभाव र बिमाको पूरा प्रक्रियाको बारेमा थाहा नभएका कारण अहिलेसम्म बिमा नगराएको श्रीकोटका किसान हेमराज गिरीले बताए । उनले भने “किसानलाई बिमाको प्रक्रियाबारे थाहा छैन ।”

सरकारले पशु बिमामा ७५ प्रतिशत अनुदान दिएको भए पनि किसानको यसतर्फ आकर्षण नहुँदा बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट भैंसीको मासुको मूल्यमा तराईलगायत राजधानीतिर निकासी हुने गरेको स्थानीय किसानको भनाइ छ ।

भैंसीमा विभिन्न किसिमका रोगको सङ्क्रमण हुनु, खर घाँसको पर्याप्त व्यवस्था नहुनु र भैँसीमा बाँझोपनको समस्या हुनुलगायतका कारणले भैंसी निकासी बढेको स्थानीय भैँसीपा लक किसानको भनाइ रहेको छ ।

निकासी हुन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा भैंसी लोप हुँदै गएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah