इटहरी, १२ मंसिर । यातायात मन्त्रालयअन्तर्गत रेलवे विभागले पूर्व–पश्चिम रेलवेलाइनका लागि ‘डीजीपीएस’ सर्भे सुरु गरेको छ । मेचीदेखि महाकालीसम्म रेलवे सेवा विस्तार गर्न मन्त्रालयले सर्भेका लागि बोलपत्र आह्वान गरेको थियो ।
आजको कान्तिपुरमा खबर छ– सुनसरीको इनरुवाबाट झापाको काँकडभिट्टासम्मको एक सय ५ किलोमिटर रेलवे लाइनका लागि दोहाकर्ण, सोसुम, सिल्टले संयुक्त रुपमा काम गरिरहेका छन् ।
रेलवेको जीपीएस सर्भेका इन्जिनियर सञ्जयकुमार मिश्रका अनुसार करिब तीन महिनामा इनरुवादेखि काँकडभिट्टासम्मको सर्भे सकिन्छ । त्यसपछि डिटेल सर्भेको टिम आउँछ । रेलवे लाइन ट्रयाकको चौडाइ ८ मिटर हुने जनाइएको छ ।



