समाजवादी पार्टीवाट राज्य सभाको सांसद बनेकि बलिउड अभिनेत्री जया बच्चनले मोदी सरकारको नोटबन्दी निर्णयप्रति ब्यङ्ग्य गरेकि छिन् । भारतीय प्रधानमन्त्री मोदीले पाँचसय र एक हजारको नोटमा प्रतिबन्ध लगाउने फैसलाले ५० दिन भित्र भारत स्वर्ग बन्ने र भारतीय नागरिक स्वर्गवासी बन्ने भन्दै बच्चनले ब्यङ्ग्य गरिन् ।
नोटमा प्रतिबन्ध लगाउने निर्णयपछि एक कार्यक्रममा मोदीले भनेका थिए, ‘५० दिन दिनुहोस, देश तपाईहरुलाई जस्तो चाहिएको छ त्यस्तै हुनेछ । ५० दिनमा देश सुन जस्तै चम्किने छ ।’
जयाले भनिन्–‘सरकारले यो विषयमा निर्णय गर्न हतार ग¥यो । यति महत्वपूर्ण निर्णय गर्नु अघि रणनीति बनाउनु पथ्र्यो ।’ ह्वाटऐपमा एक ब्यक्तिले भनेका थिए कि ५० दिनमा भारत स्वर्ग बन्ने छ । अर्का ब्यक्तिले भनेका थिए–‘हामी सबै स्वर्गवासी बन्ने छौं ।’ बच्चनको यो भनाईको सामाजिक सञ्जालमा निकै टिका टिप्पणी भैरहेको छ ।



