काठमाडौँ : साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा ठूलै पहिरो गएको छ। गत साता निकै तीव्र गतिमा तल गिरेको बजारमा आइतबार पनि अस्वभाविक पहिरो देखेपछि लगानीकर्ताहरु केही आत्तिएका छन्।

सेयर बजार आइतबार ६४.५५ ‌अंकले तर ओर्लिएको छ। नेप्से परिसूचक अब १४६९.४८ अंकमा गिरेको छ। बजार घटे पनि कारोबार भने ९५ करोडभन्दा बढीको भएको छ। गत हप्ता पनि बजार झन्डै २ सयभन्दा बढी अंकले तल ओर्लिएको थियो।१८८१ अंकबाट करेक्सन सुरु भएको सेयर बजारमा पछिल्लो समय निकै अस्वभाविक उतारचढापसँगै कहालीलाग्दो गिरावट देखिएको छ।

बजार खुल्नसाथ निकै तीव्र गतिमा घट्न थालेको बजार पौनै घन्टामै ४६ भन्दा बढी अंकले ओरालो लागेपछि सर्किट ब्रेकर लगाएर कारोबार स्थगित गरिएको थियो। सर्किट ब्रेकपछि खुलेको बजार पनि थामिएन र थप तीव्र गतिमा बजार तल ओर्लियो।

नकारात्मक हल्ला फैलाएर क्रयास गराउने प्रयास भएपछि लगानीकर्ताहरु आत्तिएका छन्। बजारमा अहिले देखिएको गिरावट निकै अस्वभाविक रहेको र यसमा चलखेल देखिएको भन्दै विज्ञहरुले यसबारेमा छानबिन गर्न समेत आग्रह गरेका छन्। अहिले बजार यसरी घट्नुपर्ने कुनै आर्थिक तथा राजनीतिक कारण नरहेको प्रतिक्रिया विज्ञहरुले दिएका छन्।

सेयर लगानीकर्ता निर्मल श्रेष्ठले भने, ‘साना तथा मध्यम लगानीकर्ताहरुलाई बोनस खान नदिनका लागि नेप्से घटाएर सस्तोमा राम्रा कम्पनीहरुको सेयर बुक गर्ने काम भइरहेको छ। यो गलत हो। बजार यसरी घट्नुपर्ने कुनै कारण छैन।’ उनले सेयर बजारलाई अस्थिर बनाएर सर्वसाधरण लगानीकर्ताको पहुँच खु्म्चाउने प्रयास भइरहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah