झापाको निर्वाचन क्षेत्र नम्बर ७ लाई गाभेर दमक नगरपालिकालाई उपमहानगरपालिका बनाउनु पर्ने माग गर्दै आन्दोलित क्षेत्र नम्बर ७ का दलहरुले थप आन्दोलन चर्काउने भएका छन् ।आफ्ना मागमा जिल्ला नेतृत्व र स्थानीय तह पुनर्संरचना आयोग सकारात्मक नभएको भन्दै आन्दोलित दलहरुले पुनः आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।
दमक नगरपालिकामा लखनपुर, तोपगाछी र धरमपुर गाविसलाई मिसाएर उप­महानगरपालिका बनाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका दलहरुले स्थानीय तह पुनर्संरचना आयोगमा जिल्ला प्राबिधिक समितिले यस अघि सिफारिस गरिएको प्रतिवेदन जिल्लामै फिर्ता पठाएपछि संघर्षका कार्यक्रमहरु रोकेका थिए ।केन्द्रले जनताहरुको माग बमोजिम स्थानीय निकायको पुनः सिमांकन गरि पठाउन भनेर जिल्लामै फिर्ता पठाएपछि दलहरुले वार्ताको माध्यमबाट आफ्ना माग पूरा हुने आशा राख्दै थप आन्दोलनको घोषणा गरेका छन् । जिल्ला प्राबिधिक समितिका संयोजक झापाका स्थानीय विकाश अधिकारीले केहि दिन भित्रमै सबै दलहरुको बैठक बोलाएर समस्या समाधानमा पहल गर्ने आश्वसन दिएको आन्दोलन परिचालन समिति संयोजक तथा एमाओवादी केन्द्र क्षेत्र नम्बर ७ झापाका क्षेत्रीय ईन्चार्ज गगन पुरीले जानकारी दिनुभयो ।
पुरीले भन्नुभयो ,–‘ वार्ताको माध्यम बाट आफ्ना मागहरु सुनुवाई नगरे संघर्षका शसक्त कार्यक्रम घोषणा गरेरै माग पूरा गराई छाड्ने छौ ।’यता आन्दोलन समितिले आज लखनपुरमा गाविस स्तरिय अन्तक्रिया र स्थानीय संघर्ष समिति निर्माण गरेको छ । त्यस्तै भोलि तोपगाछीमा र मंगलबार धरमपुरमा गर्ने तयारी गरेको छ । तीनै वटा गाविसबासिहरुसंग उपहानगरपालिका बनाउने बिषयमा अन्तक्रिया गर्ने र सबै गाविसमा स्थानिय आन्दोलन परिचालन समिति गठन गर्ने र जिल्ला संगको वार्ता पनि संगै लैजाने निर्देशन समिति संयोजक शुरेस सुब्बाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय