काठमाडौं, १३ मंसिर । हिजोआज मदिरा नपिउनेहरुको संख्या न्यून पाइन्छ । यस्तो बेला पूरा गाउँलाई नै मदिरा निषेधित बनाउनु कम चुनौतीपूर्ण होइन, तरयही चुनौती मोलेर गाउँलाई मदिरापुक्त बनाई ‘नमुना बस्ती’का रुपमा चिनाउन कस्सिएका छन् रुकुमका एक गाउँका महिला ।
आजको अन्नपूर्ण पोस्टमा खबर छ– सदरमुकाम खलंगादेखि ३३ किलोमिटर उत्तरपूर्वमा पर्ने पोखरा गाविस वडा नं १ र ४ का सबै महिला एक भएर लागेपछि सुरुमा असम्भव भनिएको अभियान अहिले सफल भएको अभियानकी अगुवा पोखरा ४ की नुमेन्द्रा खड्काको भनाई छ ।
दिउँसै रक्सी खाएर गाउँमा अशान्ति मच्चउाने र परिवारमा समेत कलह हुने समस्याबाट आजित यहाँका महिला एक भएपछि यो अभियान सफल भउको अभियन्ताहरु बताउँछन् ।
पहिले पहिले रक्सी खाएर साँझपख झगडा गर्न मात्रै घर आइपुग्ने श्रीमान् अहिले गाउँमा रक्सी नै पाइन छाडेपछि भने दिनभर घरको काममा सभाइरहेको र घरपरिवार पनि शान्त रहेको एक महिलाले बताइन् ।



