पर्वत- यहाँ सोमबार तीन जना अमेरिकी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिना अनुमति ड्रोन क्यामेरा उडाएको आरोपमा उनीहरुलाई सोमबार दिउसो सदरमुकाम कुश्माबाट नियन्त्रणमा लिएको हो। प्रहरी नियन्त्रणमा रहेका अमेरिकी नागरिकमा रोर्बट माइकल केम्पटन, हल स्पेन्सर ह्यारिसन र लाउरा डेभिड ओस्र्बन रहेका छन्।

मुस्ताङ घुमेर फर्केका उनीहरुले कुश्मास्थित नेपालकै अग्लो झोलुङ्गे पुल वरपर ड्रोन क्यामेरा उडाएका थिए । अनुमतिबिना ड्रोन क्यामेरा उडाएको आरोपमा तीन जना अमेरिकी नागरिकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए। उनका अनुसार अमेरिकी नागरिक मोटरसाइकलमा मुस्ताङ्ग पुगेर फर्केका थिए।

ड्रोन क्यामरा उडाएको क्षेत्र सुरक्षाको हिसाबले सम्बेदनशील शसस्त्र प्रहरी बल चण्डिका गण नजिकै पर्छ। प्रहरीले ड्रोनबाट खिचेका सामाग्री नष्ट गर्न लगाएको छ। खनालले ड्रोनबाट कुस्माबजार, नेपालकै अग्लो पुल र वरपरको भिडियो खिचिएको बताए। ड्रोन क्यामरा प्रहरीले नै नियन्त्रणमा राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah