३१,भदौ,कञ्चनपुर । हतियार सहित नेपाल आएका सब ईन्पेक्टर सहित ३ भारतिय प्रहरी पक्राउ परेका छन् । बिहीबार कञ्चनपुरको बेलौरी नगरपालिका–१४ भूडा गाउँमा हतियार सहित नेपाल छिरेका भारतिय प्रहरी पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय बेल्डाँडीका अनुसार विना ईजाजत भारतिय प्रहरीले भूडाका स्थानिय बहादुर शाही लगायतको घर खान तलासी गर्ने क्रममा स्थानियहरु बिरोध गरेपछि भूडा प्रहरीले तिनै जनालाई नियन्त्रणमा लिएको थियो ।

इलाका प्रहरी बेल्डाँडी ईन्चार्ज गिन्द्र बोगटीका अनुसार सब–ईन्सपेक्टर सुवास चन्द, भारतिय प्रहरी जवान अर्जुन सिंह, प्रदिप कुमार पक्राउ परेका छन् । उनीहरुको साथमा रहेका भारतिय डाँकु सर्वण कुमार सिंह पनि पक्राउ परेका छन् । सिंह र सिंहले कुनै नेपालीसंग मिलेर मोटरसाईकल चोरी गरेर नेपाल आएका थिए । चोरीको मोटरसाईकल खोज्ने क्रममा भारतिय प्रहरीहरु नेपाल छिरेका थिए ।

उनीहरुबाट एक प्स्तोल समेत बरामद गरिएको छ ।  ईप्रका बेल्डाँडीका प्रहरी अनुसार ९ एमएमको पेस्तोल त्यसमा लाग्ने ९ राउण्डको गोली बोकेका पिलीभित जिल्ला कम्पोजनगरका भारतिय प्रहरी हुन् । अन्तराष्ट्रिय कानून मिच्दै भारतिय प्रहरी हतियार सहित छिरेको भन्दै स्थानियहरुको बिरोध गरेका छन् ।

घटनाको बारेमा आवश्यक अनुसन्धान भईरहेको बेल्डाँडी प्रहरीले जनाएको छ । भारतिय प्रहरी र डाँकु सहित बिहीबार राती नै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याईएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता नैनसिह कार्कीले घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah