१४,मंसिर,काठमाडौैं । सुडानको पश्चिमी डार्फरमा बन्दुकधारीहरुले दुई नेपाली युवकलाई अपहरण गरेका छन् । एक सुडानी नागरिकसहित दुई नेपाली अपहरणमा परेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाहिर ल्याएको हो । उनीहरु आफ्नो काम सकेर निवास फर्कने क्रममा अपहरणमा परेका हुन् । तीनैजना संयुक्त राष्ट्रसंघीय शरणार्थी मामलासम्बन्धी नियोग ९युएनएचसीआर० को सुडान कार्यालयमा कार्यरत छन् । नेपाली युवक ललितपुर पुल्चोक र धापाखेलका हुन् । युएनएचसीआर मुख्यालय जेनेभाका प्रवक्ता वावर बलोचले अपहरणमा दुई नेपालीसहित एक सुडानी परेको स्वीकार गरे । –कान्तिपुर दैनिकबाट –



