१६ वर्षको उमेरदेखि यौन शोषणमा रहेकी एक भारतीय युवतीले पटक–पटक बलात्कार गरेर यौन शोषण गरेपछि ५४ वर्षीया बृद्ध धर्मगुरुको लिंग नै काटिदिएकी छिन् । ती धर्मगुरुलाई अहिले अस्पताल भर्ना गरीएको छ ।

भारतको केरलास्थित तिरुवनन्तपुरममा श्रीहरी नामले चिनिने गणेशानन्द तीर्थपदा पारिवारिक धर्मगुरुले पटक पटक बलात्कार गरेपछि उचित मौका पारेर लिंग नै काटिदिएको पीडित युवतीले बताएकी छिन् ।

तिरुवनन्तपुरम प्रहरी कार्यालयमा यस घटना उजुरी परेपछि केरलाका मूख्यमन्त्री पी.विजयनले ती युवतीको तारिफ गर्दै साहसिक कार्य गरेको बताए ।

त्यस्तै, अहिले ती युवतीको कार्यलाई महिलावादीहरुले हिम्मतवाला काम गरेको भन्दै सर्मथन गरेका छन् र धर्मगुरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न मागसमेत गरेका छन् ।

ती पीडित युवतीले आफु १६ वर्षको हुँदादेखि गुरुले यौन शोषण गर्दै आएपनि परिवारलाई भन्दा नपत्याउने डरले गर्दा त्यस्तो गर्नु परेको प्रहरीमा बयान दिएकी छिन् । उनले प्रहरीलाई दिएको जानकारीअनुसार शनिबार (हिजो) घरमा कोही नभएको मौका पारी गुरुले बलात्कार गर्ने कोशिस गरेपछि उनले लिंग काटिदिएकी हुन् ।

अहिले श्रीहरी गुरुलाई तिरुवनन्तपुरम मेडिकल कलेजमा भर्ना गरिएको छ । अस्पतालले उनको लिंग पुनः प्रत्यारोपण गर्न नसकिने र स्वास्थ्य सामान्य रहेको उल्लेख गरेको छ । प्रहरीले अस्पतालमा लिइएको बयानमा श्रीहरीले आफुलाई लिंगको कुनै आवश्यकता नभएकोले आफैले काटेको बताएका छन् ।

प्रहरीले उनी पनमना आश्रमका सदस्य रहेको जानकारी दिएपनि उनी सन्यासी नरहेकोे उक्त आश्रमका सचिव गिरीष कुमारले बीबीसीलाई बताएका छन् । इमेज खबर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah