पाठेघर प्रजनन प्रणालीको महत्वपूर्ण अंग हो । यसर्थ पाठेघर महिलाको लागि मात्रै होइन सिंगो मानवजीवन विकासका हिसाबले पनि महत्वपूर्ण अंग हो । महिलाका विभिन्न अंगमध्येपाठेघरकोमुखको क्यान्सरको जोखिम उच्च रहने चिकित्सकहरूको भनाइ छ ।

पाठेघरको मुखमा किन क्यान्सरको जोखिम उच्च हुन्छ र यसबाट बच्ने उपाय बारेस्त्री क्यान्सर रोग विशेषज्ञ डा.अनु बज्राचार्यको सुझाब :-

महिलामा सबै भन्दा बढी देखिने क्यान्सर पाठेघरको मुखको क्यान्सर नै हो । पाठेघरको मुखको क्यान्सरकै कारण धेरै महिलाले ज्यान गुमाउँदै पनि आएका छन । पछिल्ला तथ्यांकहरू हेर्दा बर्सेनी दुई हजार भन्दा बढी महिला यस रोगबाट पीडित बनिरहेका छन् ।

के हो पाठेघरको मुखको क्यान्सर

पाठेघरको मुखको क्यान्सरलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ । महिलामा पाठेघरको, डिम्बासयको र पाठेघरको मुखको क्यान्सर अलग अलग हुन सक्छ ।महिलामा देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर सबै भन्दा बढी हो । मुख्य कारण पाठेघरको मुखको क्यान्सर हुने मुल कारण भनेकै ह्युमन प्यापुलुमा भाईरस(एचपीबी) भाइरसको संक्रमण हो । एचपीबी भाइरसभित्र पनिएक सय भन्दा बढी उप भाइरसहुन्छन् । यी मध्ये १५/१६ वटा भाइरसलाई बढी जटिल भाइरसका रुपमा लिइन्छ । यी मध्ये १६ र १८ नम्बरको भाइरसले पाठेघरको मुखको क्यान्सर गराउँछ ।

यो भाइरस यौन सम्पर्कबाट सर्ने गर्दछ ।

धेरै व्यक्तिसँग यौन सम्पर्क राख्नु ।

धेरै धुम्रपान, मध्यपान गर्ने ।

रोगप्रतिरोधात्मक क्षमता कम भएका ।

धेरै बच्चा जन्माउँदा ।

सानो उमेरमै यौन सम्पर्क राख्दा वा बच्चा जन्माउँदा ।

यौन सम्पर्क नगर्ने महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम कम

पाठेघरको मुखको क्यान्सर बढी जसो यौन सम्पर्कबाट नै लाग्ने गर्छ । महिलामा पाठेघरको मुखको क्यान्सर हुनुमा पुरुषको भूमिका गहन हुन्छ । यौन सम्पर्कका बेला पाठेघरको मुखमा चोट लाग्ने सम्भावना पनि रहन्छ । यसले पनि पाठेघरको मुखको क्यान्सरको सम्भावना हुन्छ । यौन सम्पर्क नगरेका महिलामा यो क्यान्सरको सम्भावना न्यून हुन्छ ।

लक्षणहरू

महिनावरी अनियमीत हुनु ।

यौन सम्पर्क राखिसकेपछि रगत देखिनु ।

फोहोर गनाउने पानी बग्नु ।

योनी चिलाउनु ।

महिनावारी सुकिसकेकाहरूमा पुनः रगत वा गनाउने पानी बग्नु ।

महिनावारीका बेला रगत बढीबग्नु ।

तल्लो पेट दुख्नु, आलस्य हुनु ।

क्यान्सर क्रोनिक अबस्थामा पुगिसकेको भए दिसा, पिसाबमा समस्या देखिनु,हड्डी दुख्नु ।

बच्ने उपाय

पाठेघरको मुखको क्यान्सर एक मात्र यस्तो क्यान्सर हो, जुन हुनु भन्दा १० वर्ष पहिले नै थाहा पाउन सकिन्छ । गर्भासयको स्राब परीक्षण गरी क्यान्सर हुन लागे नलागेको एकीन गर्न सकिन्छ । साथै यो क्यान्सरबाट बच्न निम्न साबधानी अपनाउनु पर्छ ः

विवाहिता महिलाले वर्षको एक पटक प्याप परीक्षण गराउने ।

धेरै व्यक्तिसँग यौन सम्पर्क नराख्ने ।

सानो उमेरमै विवाह नगर्ने तथा सानै उमेरमा बच्चा नजन्माउने ।

धुम्रपान तथा मध्यपान नगर्ने ।

महिनावारी अनियमित भए वा महिनावारी सुकिसकेका महिलामा पुनः रगत देखिए तुरुन्त परीक्षण गराउने ।

स्वस्थ र सन्तुलित खाना खाने ।

पाठेघरको क्यान्सर भएको सुरुवाती चरणमै थाहा पाए उपचार पद्धति पनि निकै सहज हुन्छ । यसलाई पूर्ण निको पार्न सकिन्छ । तर,क्रोनीक अवस्थामा पुग्यो भने पूर्ण निको पार्न सकिदैन् ।

उपचार प्रक्रिया सल्यक्रिया : सल्यक्रिया गरि पाठेघर निकाल्ने ।

रेडियोथेरापी : क्यान्सर भएको कोषलाई मार्न विकिरणप्रयोग गर्ने ।

किमोथेरापी : औषधिको प्रयोगद्वारा क्यान्सर भएको कोषहरू नष्ट गर्ने ।

प्यालिएटिभ केयर : रोगीको दुखाई वा अन्य अप्ठयारो कम गर्ने विशेष उपचार विधि ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय