काठमाडौं, मंसिर १४ । लगभग दुई महिनापछि खुलेको सवारी अनुमति पत्र फर्म भर्ने दिनहुँ पाँच हजार सर्वसाधारणको भिड लाग्ने गरेको छ । एक्कासी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक एकान्तकुनास्थित यातायात कार्यालय पुग्दा लामबद्ध भएर बसेका बसेका सर्वसाधारणले ‘भ्रष्ट कर्मचारी चाहिँदैन’ भन्ने नारा लगाएका थिए ।
घन्टौ लामो लाइनमा बसेका जनताले मन्त्री लेखकलाई आक्रोस पोखेका थिए । साथै उनले अाफू पुन ११ अौं दिनमा अाउने अाश्वासन दिँदै भने, ‘त्यो बेला थप कार्यालय खोलिसकिएको हुनुपर्छ ।’ मन्त्री लेखकले अनलाइनबाट फर्म भर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।
तर, महानिर्देशक चन्द्रमान श्रेष्ठले प्रति उत्तरमा सर्वर कमजोर भएका कारण समस्या भएको जानकारी गराए । मन्त्रीले रिसाउँदै भने ‘त्यो तपाईंको समस्या हो, जसरी भएपनि समाधान गर्नुहोस् ।’



