जाजरकोट- स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै १६ दिन देखि अनशरत त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डाक्टर  गोविन्द केसी प्रति समर्थन जनाउँदै  यहाँका स्वास्थ्यकर्मीहरुले आपतकालीन सेवा वाहेकका सवै सेवाहरु वन्द गरेका छन्।

डा.केसीले उठाएका जायज मागप्रति राजनैतिक दल र सरकारले  वेवास्ता गरेको भन्दै उनीहरुले   केसीको  आन्दोलनप्रति  ऐक्यवद्धता जनाउँदै  जिल्ला अस्पताल जाजरकोटमा  आपतकालीन वाहेक अन्य सवै सेवाहरु अनिश्चितकालका लागि वन्द गरेको घोषणा गरेका हुन्।

मंगलवार  एक विज्ञप्ती मार्फत उनीहरुले  अनसनको १६ औं दिन सम्म पनि सरकार र  अन्य सरोकारवालाहरुले कुनै चासो नदिएको भन्दै त्यसको विरोध स्वरुप आफुहरुले जाजरकोट अस्पतालको सेवा अनिश्चितकालका लागि बन्द गरेको  जनाएका छन्।  जिल्ला अस्पताल जाजरकोटमा कार्यरत  डाक्टर लगाएतका अन्य स्वास्थ्यकर्मीहरुले   डा. केसीको सत्याग्रह प्रति आफुहरुको पुर्ण साथ  रहेको  जनाएका छन्।

केसीको माग पुरा नभए सम्म आफुहरुको  बन्द जारी रहने  जिल्ला अस्पतालमा कार्यरत डाक्टर डा.भुपेन्द्रप्रकाश मल्लले वताए। उनले डा. केसीले   उठाएको माग  र उनको आन्दोलन न्यायपूर्ण भएकोले  आफुहरुले साथ दिएको बताए। त्यस्तै अर्का डाक्टर  सुनील पुनले पनि आउने पुस्ताका लागि डा. केसीले उठाएको माग सरकारले पुरा गर्नुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah